धनगढ़ीको निलम होटल विस्फोटका घाइते रामसिंहको मृत्यु

धनगढ़ीको निलम होटल विस्फोटका घाइते रामसिंहको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३ साउन २०७६
  • 7.8K
    Shares

रामबहादुर सिंह

कैलालीको धनगढी उपमहानगर–३, शहीद गेट नजिकै रहेको निलम होटलमा बिहीबार साँझ भएको बम विस्फोटमा परि घाईते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

बम विस्फोटमा  परि घाइते भएका बझाङ जिल्लाको जयपृथ्वीबहादुर नगरपालिका – १४ का रामबहादुर सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

बम विस्फोटमा परी घाइते भएका होटल सञ्चालक केशवराज पाण्डे, जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेलाको भने धनगढीको माया मेट्रो अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया