“भारतीय दलाल” गृहमन्त्री रामबहादुर थापामाथि निगरानी जरुरी : भरत दाहाल

“भारतीय दलाल” गृहमन्त्री रामबहादुर थापामाथि निगरानी जरुरी : भरत दाहाल


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३ साउन २०७६
  • 9K
    Shares

भरत दाहाल

वाम विश्लेषक भरत दाहालले गृहमन्त्री रामबहादुर थापालाई “भारतीय दलाल” भन्दै उनी र उनका सन्तानको निगरानी र अनुगमन आवश्यक रहेको बताएका छन् । बुधबार आफ्नो फेसबुक पेजमा एउटा स्टाटस हाल्दै त्यस्तो कुरा बताएका हुन् ।

ऐनमा व्यवस्था नै नभएको जन्मसिद्धका सन्तानलाई बंशजको नागरिकता दिनु भनि सिडीओहरुलाई परिपत्र जारी गर्नु, तराइ क्षेत्रको बाढी प्रभावित बस्तीको हवाई निरिक्षणपछि तराई डुबानका पछाडि ईण्डियाले बनाएका अवैध बाँधहरुको हात नभएको भनि दिएको अभिव्यक्तिलाई गृहमन्त्री रामबहादुर थापा “भारतीय दलाल” भएको तथ्यका रुपमा प्रस्तुत गरेका छन् ।

०६३ सालमा संसदमा आएपछि पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईले ईण्डियाका लागि नांगो रुपमा खेलेको भूमिका गृहमन्त्री रामबहादुर थापाले अहिले खेलिरहेको जिकिर गर्दै गृहमन्त्री रामबहादुर थापा “उनी वा उनका सन्तानहरु कुनै गंभिर अपराधमा फसेको र त्यसैलाई समातेर ईण्डियनहरुले उनलाई आफ्नो काममा जोताएको अनुमान” वाम विश्लेषक भरत दहालले गरेका छन्

हेर्नुस जस्ताको तस्तै वाम विश्लेषक भरत दाहालको फेसबुक स्टाटस

प्रतिक्रिया