कैलालीको धनगढी उपमहानगर–३, शहीद गेट नजिकै रहेको निलम होटलमा आज साँझ ७ बजेतिर बिस्फोट हुँदा पाँच जना गम्भीर घाईते भएका छन्।
सो बिश्फोटमा परी बझाङका राम सिह , बेलौरि-५ कन्चनपुरका लक्ष्मण सेरला मोबिन खान, धनगढि-४ बोराडाडिका जितेन्द्र यादव र होटल मालिक केशब राज पाण्डे रहेका छन् । प्रहरीका अनुसार राम सिंह र सेरेलाको अवस्था गम्भीर रहेको छ। घाईतेहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । पाण्डे होटल सञ्चालक हुन् भने मोविन होटल नजिकै रहेको गाडी मर्मत केन्द्रका मिस्त्री हुन् ।
ग्यारेज सञ्चालक खान र जितेन्द्र यादव होटलमा चिया खान बसेका थिए। यादव पशुपंक्षी व्यवसायी संघका कैलाली जिल्ला अध्यक्ष हुन्। यादवको शरीरभरी छर्रा लागेको छ भने खानको मुखमा ठूलो चोट छ। घाइतेमध्ये राम सिंह र लक्ष्मण सेरेलाको अवस्था गम्भीर छ।

राम सिंहको कम्मरमुनीको पूरै मासु झरेको छ भने लक्ष्मणको शरीरभरी चोट लागेको छ। दुबैजनालाई धनगढीको माया मेट्रो अस्पतालले रेफर गरे पनि अन्यत्र अस्पतालमा लैजानुपर्ने हुनसक्ने स्वास्थ्यकर्मीले जनाएका छन्।
विस्फोट भएको वस्तु के हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ। तर कतिपयले सिलिण्डर बम विस्फोट भएको आशंका गरेका छन् भने कतिपयले बम नै विस्फोट भएको अनुमान गरेका छन्। प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ।
टिफिनको बक्समा राखेको बस्तु पड्केको र घटनास्थलमा पेस्तोल फेला परेको कैलालीका एसपी सुदिप गिरिले जानकारी दिएका छन् ।
नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहले विष्फोट पदार्थ टिफिन बक्समा लुकाएर ओसार्न खोजेको र त्यसक्रममा विस्फोट भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
विस्फोटमा घाइते भएका बझाङका राम सिंह र कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला प्रतिवन्धित विप्लव समूहको कार्यकर्ता भएको खुलेको छ । घटनास्थलमा ९ एमएमको पुरानो चाइनिज पेस्तोल समेत भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय, कैलालीले झोला बोकेर आउने व्यक्ति राम सिंह भएको दाबी गरेको छ, जो विस्फोटमा घाइते समेत भएका छन् ।
कैलालीका एसपी सुदिप गिरीले पनि विस्फोटक पदार्थ सही तरिकाले ह्याण्डल नहुँदा विस्फोट भएको हुनसक्ने आशंका गरे । उनले भने, ‘हामी अनुसन्धान गरिरहेका छौं । मिसह्याण्डल हुँदा विष्फोट भएको हुनसक्ने देखिएको छ ।’
प्रहरीले सो बिस्फोटमा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको संलग्नता रहेको दाबी गरे पनि नेपाल कम्युनिष्ट पार्टीले यस बारेमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।