बाढी-पहिरो पिडितको उद्धार र राहत वितरणमा जुट्न पार्टी पंक्तिलाई बिप्लवको निर्देशन

बाढी-पहिरो पिडितको उद्धार र राहत वितरणमा जुट्न पार्टी पंक्तिलाई बिप्लवको निर्देशन


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २९ असार २०७६
  • 8.1K
    Shares

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले देशभरी भएको अविरल बर्षा, बाढी, पहिरो र डुवानमा परेका जनताको उद्धार र राहत वितरणमा जुट्न आफ्नो पार्टीका सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन गरेका छन् ।

महासचिव विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै आफ्नो पार्टी पंक्तिलाई त्यस्तो निर्देशन दिएका हुन् । सोही  विज्ञप्तिमार्फत देशभरी भएको अविरल बर्षा, बाढी, पहिरो र डुवानका कारण देशमा ठूलो जनधनको क्षति भएको र प्राकृतिक प्रकोपमा परी ज्यान गुमाएका सबै नागरिकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारजनप्रति सहानुभूति व्यक्त पनि गरिएको छ ।

‘प्रकृतिमाथिको अराजक, अनियन्त्रित दोहन, राज्यको पुर्व तयारीको अभाव, भारतसँग भएका असमान सन्धि सम्झौता, नेपाल भारत सीमानामा बनेका बाँध, तटबन्धन र अन्तर्राष्ट्रिय कानून विपरित नेपाल भारत सीमानासँग टाँसिएर बनाइएका विशाल सडकहरु, गरिब श्रमिक जनताको जोखिमपूर्ण बसाई गर्नुपर्ने बाध्यताका कारण प्राकृतिक प्रकोपमा परी गरीब जनताले ठूलो जनधनको क्षति व्यहोर्न परेको” उल्लेख गर्दै महासचिव विप्लवले मृतकका परिवारलाई अल्पकालीन, दिर्घकालीन, क्षतिको उचित राहत उपलब्ध गराउन र घरबास गुमेकोलाई बास र रोजगारी व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

प्रतिक्रिया