ढोका बन्द गर्न भारतीय दबाबको बेवास्ता गर्दै कोशी ब्यारेजका सबै ढोका खोलिए

ढोका बन्द गर्न भारतीय दबाबको बेवास्ता गर्दै कोशी ब्यारेजका सबै ढोका खोलिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २९ असार २०७६
  • 7K
    Shares

कोशी ब्यारेज

बिहार जलमग्न भएको भन्दै भारतले ढोका बन्द गर्न दबाब दिइरहे पनि सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ ।

ब्यारेज प्रहरी चौकी प्रमुख ईश्वर दाहालले पानीको बहाव बढेकाले सबै ढोका खोलिएको जानकारी दिए ।

नौ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले दुई लाख ९० हजार क्यूसेक पानी बगिरहेको बताइएको छ । शनिबार पानीको बहाव तीन लाख १८ हजार ६५० क्यूसेक थियो ।

एक दशकअघि ब्यारेजभन्दा माथि पश्चिम कुशहामा बाँध फुट्दा नेपाल र भारतमा थुप्रै जनधनको क्षति भएको थियो । त्यसैले कोशी ब्यारेज र बाँधलाई सुरक्षित राख्न प्राविधिकहरुले विशेष सतर्कता अपनाएका छन् ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी सूचना केन्द्रले पनि सप्तकोसीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले प्राविधिक टोलीसहित नियमित अनुगमन गर्न र सतर्क रहन सूचित गरेको थियो ।
यसैबीच, सिमाविद् बुद्धिनारायण श्रेष्ठले एक अन्तर्वार्तामा कोशी ब्यारेजको म्याद सकिएकोले सप्तकोशी नदीको बाँध फुट्न लागेको बताएपछि सुनसरी र सप्तरी क्षेत्रमा सन्त्रास फैलिएको छ ।

 

प्रतिक्रिया