नेपाल मगर संघ कास्कीको इतिहासमा पहिलो पटक महिलाको नेतृत्व, अध्यक्षमा संगीता निर्बिरोध निर्वाचित

नेपाल मगर संघ कास्कीको इतिहासमा पहिलो पटक महिलाको नेतृत्व, अध्यक्षमा संगीता निर्बिरोध निर्वाचित


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २९ असार २०७६
  • 6.7K
    Shares

नेपाल मगर संघ कास्की

कास्की जिल्लामा रहेका मगर जातिको साझा संगठन नेपाल मगर संघ कास्कीको इतिहासमा पहिलो पटक सो संघको नेतृत्व महिलाले गर्ने भएकी छिन ।

नेपाल मगर संघ कास्कीको ८औ जिल्ला अधिबेशन तथा २४औ जिल्ला सम्मेलनले संगीता पुनमगरको अध्यक्षतामा नेपाल मगर संघ जिल्ला कार्य समिति कास्कीको निर्माण गरेको छ । नेपाल मगर संघ कास्कीको इतिहासमा नेतृत्वमा महिला पुगेको यो पहिलो पटक हो ।

संगीता पुनमगर
संगीता पुनमगर

निर्विराेध निर्वाचित उक्त कार्य समितिमा उपाध्यक्ष बुद्धिमाया थापामगर, सचिव रामबहादुर थापामगर, सह-सचिव लालबहादुर रानामगर र काेषाध्यक्ष चन्द्रबहादुर पुर्जा पुनमगर रहेका छन् ।

उक्त कार्यसमितिमा सुवास घर्तीमगर, अाेमबहादुर थापामगर, पुष्पा पुनमगर, देउकुमारी थापामगर, जीवनकुमार थापामगर, सुशीला रानामगर, भक्तबहादुर पुनमगर, दलबहादुर श्रीसमगर , डिलबहादुर श्रीसमगर, मीना थापामगर, टिकाराम फगामीमगर, गाेविन्द पुनमगर, रामबहादुर पुनमगर , दिनेश राेकामगर, रिमबहादुर रानामगर र भीमबहादुर पुनमगर सदस्य रहेका छन् ।

प्रतिक्रिया