भारतले नेपाललाई हेपेर भारतको बैरगनिया र रौतहटको गौरको बीच दशगजा क्षेत्रमा एकतर्फी रुपमा बनाएको भारतीय बाँधका कारण सदरमुकाम गौरसहित रौतहटका अधिकांश बस्ती डुबानमा परे । सो बाँधका कारण सदरमुकाम गौरमा दश फुटभन्दा बढी पानी जमेपछि जनजीवन अस्तव्यस्त भयो ।
गौरको मुख्य सडकमा एक तले घर डुब्ने पानी छ भने जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको कार्यालय लगायत प्रहरी यूनिट समेत डुबानमा परेका छन् ।
गौरमा रहेका सुरक्षा निकायका कार्यालय तथा ब्यारेकहरु समेत डुब्दा उद्दार टोली परिचालनमा कठिनाइ भएको छ ।
बाढीले सडक सम्पर्क टुटाएपछि फोन र प्रहरीको सञ्चार सेटले पनि सो काम गर्न छोडेको छ । ‘स्थानीय र प्रहरी दुवै सम्पर्कविहीन बनेका छन्,’ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नवीन कार्कीले भने, ‘फतुवा, विजयपुर र बडहरवामा तत्काल उद्दारको आवश्यक्ता छ, तर प्रतिकुल मौसमका कारण केही गर्न सकिएको छैन ।
गौरको मुख्य सडकमा एक तले घर डुब्ने पानी छ भने जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको कार्यालय लगायत प्रहरी यूनिट समेत डुबानमा परे । गौरमा रहेका सुरक्षा निकायका कार्यालय तथा ब्यारेकहरु समेत डुब्दा उद्दार टोली परिचालनमा कठिनाइ भयो ।
बाढीले सडक सम्पर्क टुटाएपछि फोन र प्रहरीको सञ्चार सेटले पनि काम गर्न छोडे । ‘स्थानीय र प्रहरी दुवै सम्पर्कविहीन बने ।
त्यस बाँधमा भएका ढोकाहरु नखोलिदिँदा नेपालतर्फ ठुलो संकट निम्तिएको निर्क्यौल नेपाली अधिकारीहरुले गरे र नेपाली जनताको जनधनको सुरक्षाका लागि रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापा र प्रहरी प्रमुखले भारतीय अधिकारीलाई पानीको निकास खोल्न पटक पटक आग्रह गरे । तर भारतीय पक्षले त्यो अनुरोधलाई वास्तै गरेन । पानीको बहाव खोलिदिनुको सट्टा बाँधको सुरक्षाका लागि भन्दै भारतीय पक्षले थप सुरक्षाकर्मी खटायो ।
भारतीय बाँधमा भएका पानी थुन्ने ढोकाहरु भारतीय पक्षले नखोलिँदा रौतहट सदरमुकाम गौरका बस्ती संकटमा परे । पानी थुनेर छिमेकी मार्न खोजेको भन्दै सामाजिक सन्जालमा भारतको बिरोध भैरह्यो । फेसबुक प्रयोगकर्ताले भारत विरोधी स्टाटससँगै ‘गो ब्याक इन्डिया’ ह्यासट्याग पनि प्रयोग गरे । यद्यपि बाँध क्षेत्रमा भारतले उल्लेख्य संख्यामा सीमा सुरक्षा बल (एसएसबी) परिचालन गर्यो । तर, पानीको निकास खोल्नुको सट्टा बाँधको सुरक्षामा टोली खटाएको भन्दै नेपालीहरुले भारतको आलोचना गरिरहे । तर भारतले टेरपुच्छर लगाएन ।
अन्तत: नेपालीलाई प्रकृतिले नै न्याय दिलाएको छ । ब्यापक मात्रामा भारतिय सिमा सुरक्षा बल परिचालित गरिएपनि रौतहटको सिमानामा भारतले बाँधेको बाँध बाढीले भत्किएको छ । बाँध फुटेर पानी भारततर्फ बगेपछि रौतहटमा पानीको सतह घट्न थालेको छ ।
बाँध फुटेपछि बाढी भारतीय बस्तीमा पसेको छ । बाढी पसेपछि भारतीय बस्तीहरु बैरगनिया, अशोगी, भकुरहर, सिन्धुलिया लगायत ठाउँका बासिन्दामा हल्लीखल्ली मच्चिएको छ ।