भोजपुर सदरमुकाममा ने.क.पा. कार्यकर्ता र प्रहरी बीच एकाबिहानै दोहोरो गोली हानाहान, एक प्रहरी र विप्लव कार्यकर्ताको मृत्यु

भोजपुर सदरमुकाममा ने.क.पा. कार्यकर्ता र प्रहरी बीच एकाबिहानै दोहोरो गोली हानाहान, एक प्रहरी र विप्लव कार्यकर्ताको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २५ असार २०७६
  • 10.3K
    Shares

भोजपुर सदरमुकाम भोजपुर बजारको शनिबारे हटिया लाइनमा रहेको बसपार्कमा आज बिहान बिहान करिब सवा आठबजे प्रहरी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता बीच दोहोरो गोली हानाहान हुँदा एक प्रहरी र एक ने.क.पा. कार्यकर्ताको मृत्यु भएको छ ।

दोहोरो गोली हानाहान हुँदा नेपाल प्रहरीका घुमुवा प्रहरी सञ्जिव राई र विप्लव कार्यकर्ता नीर कुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ । ने.क.पा. कार्यकर्ता ओखलढुङ्गा जिल्ला इन्चार्ज भएको समाचार स्रोतले जानकारी दिएको छ । प्रहरीले उनको साथबाट पेस्तोलसमेत बरामद गरेको  दाबी गरेको छ।

भोजपुर सदरमुकाको शनिबारे हटिया लाइनमा बुधबार बिहान गोली चल्दा केही प्रहरी जवान हताहत भएको स्थानीयले बताएका हुन् । स्थानीयले दुई प्रहरी जवान गोली लागेर बेहोस् भएको र एक गम्भीर घाइते रहेको बताएका छन् ।

प्रहरीमाथि आक्रमण भएपछि अहिले त्यहाँको सुरक्षा कडा पारिएको छ । प्रदेश नम्बर १ प्रहरीले थप मद्धतका लागि टोली पठाएको छ।

 

 

भोजपुर भिडन्तमा मारिने प्रहरी जवान सञ्जिव राई लामो समयसम्म सत्तारुढ नेकपा केन्द्रीय सदस्य एवं संघीय सांसद सुदन किराँतीका सुरक्षा गार्ड थिए।

त्यस्तै भिडन्तमा मारिने प्रशान्त उपनाम भएका निरकुमार भोजपुर बोयाकै स्थायी बासिन्दा हुन्।

 

 

 

 

प्रतिक्रिया