समीर शाही / कालीकोट ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य भरत बम ‘रणबीर’ कारागार चलान भएका छन् भने उनीसंगै गिरफ्तार भएका उनका अंगरक्षक सत्यबहादुर शाही रिहा भएका छ्न।
जिल्ला अदालत बाँकेमा मंगलबार भएको बहसपछि अदालतले नेता रणबीरलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनी जिल्ला कारागार शाखा बाँके चलान भएका हुन् । नेता रणबीर पनि कालिकोट जिल्ला घर भएका नेता हुन् ।
बाके जिल्लाको कोहलपुर बसपार्कबाट जेठ २५ गते गिरफ्पतारीमा परेका उनी र उनका अंगरक्षक कालीकोट जिल्लाको हीपकोट घर भएका सत्य बहादुर शाहीलाई संगठित अपराधको मुद्दा लगाइएको थियो ।
