महानगरीय प्रहरी प्रभाग भैंसेपाटीबाट तीन जना थुनुवा फरार भएका छन्। चाेरी मुद्दामा थुुनामा रहेका तीन जना थुनुवा कक्षको ग्रील उप्काएर गए राति हिरासतबाट फरार भएका हुन्।
गए राती प्रहरी प्रभाग भैंसेपाटीबाट विभिन्न मुद्दामा थुनामा रहेका रविनकुमार तिमिल्सेना, सम्शेर माझी र रुद्रलाल श्रेष्ठ गरी तीन जना थुनुवा कक्षको ग्रील तोडेर फरार भएका हुन्। फरार भएका तिमिल्सेना लागुऔषध मुद्दामा र अन्य दुई जना डाका चोरी मुद्दामा थुनामा थिए।
महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले तीन जना थुनुवा भागेको पुष्टि गरे। जावलाखेल प्रहरीमा राख्नुपर्नेमा ठाउँ अभावका कारण उनीहरुलाई भैंसेपाटीमा राखिएको थियो उनीहरुको खोजीका लागि थप प्रहरी परिचालन गरिएको समेत उनले बताए।
यसैबीच, महानगरीय प्रहरी प्रभाग भैसेपाटीका प्रमुख प्रहरी निरीक्षक किरण मल्ल सहित ड्युटीमा लापरबाही गर्ने प्रहरीमाथी कारबाहीको तयारी अघि बढाइएको छ । एसपी दुर्गा सिंह (चन्द) को नेतृत्वमा छानबिन समिती गठन गरिएको छ।