जिल्ला अदालत सुनसरीको आदेश विपरीत विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पोलिटब्युरो सदस्य मोहन कार्की “जीवन्त”लाई प्रहरीले फेरी पक्राउ गरेको छ भने अन्य दुई केन्द्रीय सदस्यसहित चार जना रिहा भएका छन् । रिहा हुनेमा केन्द्रीय सदस्य चुडामणी ओली ‘आदर्श’ र चन्द्र बहादुर खड्का ‘असल’ तथा धनकुटा इन्चार्ज वावुराम राई(विवश) र मिनबहादुर राई रहेका छन् ।
उनीहरु पाँचै जना इलाका प्रहरी कार्यालय धरानको हिरासतमा रहेका विप्लव थिए । जिल्ला अदालत सुनसरीले सोमबार उनिहरुलाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको थियो । आदेशपछि अदालत परिसरबाटै पोलिटब्यूरो सदस्य जिवन्तलाई प्रहरीले पुनः गिरफ्तार गरेको हो । अहिले जिवन्तलाई नुवाकोट लिने तयारी गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
चैत १ गते ललितपुरको च्यासलबाट कोठाबाटै गिरफ्तारमा परेका उनलाई पटक पटक गिरफ्तार गर्दै बिभिन्न जिल्ला पुर्याएको छ । चैत १ गते गिरफ्तार जीवन्तमाथि राज्यविप्लव गर्न खोजेको अभियोगमा राजद्रोहको मुद्दा लगाइयो । संगठित अपराधको पनि मुद्दा चलाइयो । तर चैत्र २४ गते सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै नेता जीवन्तमाथि लगाइएको अभियोग पुष्टि नभएको भन्दै तत्काल रिहा गर्न सरकारको नाममा आदेश दियो । आदेशपछि रिहा त गर्यो तर अदालत गेटबाटै प्रहरीले पुनः गिरफ्तार गरी संखुवासभा लगियो । त्यहाँ उनीमाथि ‘मुलुकी फौजदारी कार्य्विधि (संहिता), २०७४ को रिच्छेद ३ को दफा ३२ अन्तर्गत कसुरमा मुद्दा चलाउने काम भयो । बम विष्फोट तथा संगठित अपराधलगायतको कसुरमा मुद्दा चलाइएको छ ।
त्यसपछि उनलाइ अर्को संगठित अपराध तथा विष्फोट र राजद्रोहको अभियोगमा काठमाडौंको कमलपोखरी प्रहरी वृत्तको हिरासतमा बन्दी बनाइ मुद्दा चलाइयो । त्यसमा काठमाडौं जिल्ला अदालतले बैशाख ३० गते साधारण तारेखमा रिहा गर्न सरकारलाइ आदेश दियो । तर उनलाइ अदालत परिसरबाटै पुनः गिरफ्तार गरी सुनसरी जिल्ला पुर्याइयो । त्यहाँ उनीमाथि साविक जस्तै संगठित अपराध तथा विष्फोट, राजद्रोह र हातहितयार तथा खरखजना कसुरमा मद्दा चलाइएको थियो ।
पछिल्लो पटकको गिरफ्तार यता काठमाडौं, संखुवासभा, काठमाडौं र सुनसरी गरी चार चारपटक मुद्दा चलाइसकिएको छ । संगठित अपराधको अभियोगमा जोकसैलाई अनुसन्धानका लागि भन्दै ६० दिनसम्म हिरासतमा राख्न सकिने कानूनी व्यवस्था छ ।
केन्द्रीय सदस्य आदर्श र असल गत बैशाख ७ गते सल्यानबाट दाङ जाँदै गर्दा राम्रीबाट गिरफ्तार भएका थिए । दुवैलाई दाङ प्रहरीले हिरासतमा राखेपछि सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो । तर पुन गिरफ्तार गरि प्रहरीले धरान पुर्याएको थियो । त्य
सल्यानको दार्मा घर भएका ‘असल’ नेकपाका प्रभावशाली युवा नेता हुन् । उनि सहिदका छोरा हुन् । त्यस्तै ‘आदर्श’ रोल्पाको गंगादेव गाउँपालिका ३ झ्याम निवासी माओवादी आन्दोलनका पुराना नेता हुन् । उनलाई गाउँमा विकासप्रेमी नेताको रुपमा पनि लिइन्छ । भौगोलीक हिसावले दुर्गम मानिएको रोल्पाको पश्चिम क्षेत्रले उनकै पहमा विकासको गति लिएको स्थानीयहरु बताउछन् । सिंगो तत्कालिन माओबादी पार्टीको बेला उनि रोल्पा जिल्ला सेक्रेटरी भएर काम गरेका थिए । उनि अहिले विप्लव नेकपा पार्टीका न्याय विभाग प्रमुख समेत हुन् ।