माओवादी आम्दोलनका शिर्ष एबम इमान्दार नेता श्रीनाथ अधिकारी ‘श्याम’को निधन

माओवादी आम्दोलनका शिर्ष एबम इमान्दार नेता श्रीनाथ अधिकारी ‘श्याम’को निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २३ असार २०७६
  • 6.4K
    Shares

नेपाली माओबादी आन्दोलनका ज्ञाता एबम कुशल प्रशिक्षक्, निष्ठावान, सरल र प्रेरणादायी राजनीतिक गुरु श्रीनाथ अधिकारी “श्याम” को उपचारकै क्रममा नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि काठमाडौँमाआइतबार साँझ ८ बजे  निधन भएको छ ।

सम्पूर्ण परिवार नै परिवर्तनको आन्दोलनमा लगाएर जीवनको पुरै समय देश र जनताका लागि योगदान दिएका अधिकारी कम्युनिस्ट आन्दोलनका एक सच्चा, इमान्दार र देशभक्त नेता मानिन्छन् । जीवनका अन्तिम समयतिर उनी मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको पोलित्युरो सदस्यका रुपमा सक्रिय थिए ।

गोरखा जिल्लाको कम्युनिस्ट आन्दोलनको संस्थापकसमेत रहनु भएका नेता अधिकारी एक इमान्दार र निष्ठावान क्रान्तिकारी नेता हुनुहुन्थ्यो । मालेमावादी दर्शनको क्षेत्रमा उहाँको विशेष दख्खल रहेको थियो ।

कमरेड श्यामको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि सोमबार विहान ९ बजेदेखि १२ बजेसम्म क्रान्तिकारी माओवादीको पार्टी कार्यालय कुपण्डोलमा राखिने जनाइएको छ ।

गएको पुस २७ गते विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा भर्ना भएका उनलाई वैशाख २२ गते थप उपचारका लागि हरिसिद्धि लगिएको थियो । उनको फोक्सोमा देखिएको क्यान्सर फैलिएर टाउकोसम्म पुगेको र शरीरको कम्मरमुनिको भागमा पक्षघातसमेत भएको थियो ।

नेता अधिकारीलाई शनिबार साँझ पार्टीका महासचिव मोहन वैद्य किरणले अस्पताल पुगेर भेट गर्नुभएको थियो भने आइतबार नेता नारायणकाजी श्रेष्ठ, सिपी गजुरेल, पूर्णकुमारी श्रेष्ठलगायतका नेताहरुले भेट गरेका थिए ।

विसंं २०१२ साउन गते हालको अजिरकोट गाउँपालिका–३ गोर्खामा जन्मिएका अधिकारी विसंं २०३२ देखि कम्युनिष्ट आन्दोलनमा लागेका थिए । माओवादी पार्टी विभाजनसँगै वैद्य नेतृत्वमा लागेका उनलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, गृहमन्त्री रामबहादुर थापालगायतले अस्पताल पुगेर स्वास्थ्य लाभको कामनासहित सहयोगका लागि आश्वासनसमेत दिएका थिए। अधिकारीका छोरा नारायण उक्त पार्टीको गोर्खा जिल्ला इञ्चार्ज र बुहारी सुशीला थापा पार्टीको केन्द्रीय सदस्य छन् ।

 

प्रतिक्रिया