नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष राजन कार्की (होमकुमार ) लाई प्रहरीले निर्घात कुटपिट गएको छ ।
भट्टीमा मादक पदार्थ सेवन गरिरहेका प्रहरीको फोटो खिच्ने खोजेको भन्दै प्रहरीले कुटपिट गरेको हाे । प्रहरीकाे कुटाइबाट कार्की गम्भीर घाइते हुनुभएको छ ।
सिन्धुली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि घाइते कार्कीलाई काठमाडौं रिफर गरिएकाे छ ।
स्थानीयद्वारा जिल्ला प्रहरी कार्यालय घेराउ गरिरहेका छन् । अहिले सिन्धुलीमाडी तनावग्रस्त बनेकाे छ ।