अर्का देशको बिषालु घाँस खानेहरु : मोनिका गुरुङ

अर्का देशको बिषालु घाँस खानेहरु : मोनिका गुरुङ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २१ असार २०७६
  • 9.1K
    Shares

मोनिका गुरुङ

डकार्दैनन ती गरिबका गास खानेहरु
शिलप्याक बोत्तलको झाँस खानेहरु

भेडा त भेडै हुन गाठ्यै नेपाली पनि
अर्का देशको बिषालु घाँस खानेहरु

घरमा साग फुल्यो गुन्द्रुक ढुस्सियो
वफ आन्द्राभुँडीसंग तास खानेहरु

आफ्नो कुन्यु पोलेर माग्दै हिड्छ
महाजनको खान्की खास खानेहरु

गोली होस या बिष मर्ने त गरिब हो
बाचुन ग्यास्ट्रीकका बतास खानेहरु

प्रतिक्रिया