कर्णालीलाई एनजिओ तथा आइएनजिओ मुक्त बनाउने कर्णाली जनअधिकार मञ्चको उद्घोष

कर्णालीलाई एनजिओ तथा आइएनजिओ मुक्त बनाउने कर्णाली जनअधिकार मञ्चको उद्घोष


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ पुष २०७३
  • 10.8K
    Shares

‘‘दलीय तथा व्यक्तिगत स्वार्थभन्दा माथि उठ्दै, ‘कर्णाली विशेष स्वायत्त प्रदेश’का लागि एक होऔं ।’’ ‘‘भ्रष्टाचार, अनियमितता, अपारर्दशिता र कालोबजारी अन्त्यका लागि कर्णाली जागरण अभियान ।’’ भन्ने मूल नाराका साथ कर्णालीबासी जागरण अभियान २०७३ उद्घाटन भएको छ ।
कर्णाली जनअधिकार मञ्चका अध्यक्ष तथा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य प्रकाश रोकायाले कालीकोट जिल्ला सदरमुकाम मान्ममा एक बिशेष र भब्य कार्यक्रमका बीच अभियानको उद्घाटन गर्नु भएको हो । अभियानको उद्घाटन गर्दै उहाँले कर्णालीबासीको साथ र सहयोगमा यहाँका भष्ट्राचारी, दलाल, कालोबजारी र सबै प्रकारका गलत प्रवृतिको अन्त गर्न सकिने बताउनु भयो । कर्णालीको नाम बेचेर अकुत सम्पत्ति जोडेका र उनीहरुलाई बचाउने जो कोहीलाई जनताले नछोड्ने भन्दै त्यस्ता मानिसहरु समयमै सच्चिएर आत्मसमपर्ण गरेमा उनीहरुमाथि जनताले छुटदिनसक्ने बताउनु भयो । कर्णाली जनअधिकार मञ्चले कर्णालीमा चरण बद्ध अभियानलाई सञ्चालन गर्न थालेको बताउदै उहाँले यतिबेला खाली सन्देश मात्र दिएकोले अर्को चरणमा सचेत गराउने बताउनु भयो ।

दलीय तथा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर कर्णाली मुक्तिको खातिर, व्याप्त विकृत र विसंगतीका विरुद्ध लड्र्दै, स्वाभिमानको रक्षाका लागि लाग्न कर्णालीबासीसँग आग्रह गर्दै उहाँले सामाजिक र राजनीतिक अधिकार सुनिश्चित गर्न निरन्तर संघर्षरत रहनुको विकल्प नभएको बताउनु                  भयो । कर्णालीमा क्रियाशील राजनीतिक दल, स्वतन्त्र नागरिक, देश र विदेशमा रहेका कर्णालीवासी ले अझै पनि सोचेनन् भने भोलिका दिनमा कर्णालीले झन दुःखको दिनको सामना गर्नु पर्ने बताउदै अब राज्यको नेतृत्व कर्णालीले लिनु पर्ने र सिंहदरबारको राज्यसत्ता माथि सिधै अट्याक गर्नु पर्ने बेला भइसकेको बताउनु भयो । कर्णाली जनअधिकार मञ्च आर्थिक, सामाजिक र राजनीतिक अधिकार सुनिश्चित गर्न ‘कर्णाली बिशेष स्वायत्त प्रदेश’ र ‘कर्णालीमैत्री संविधान’का पक्षमा चट्टान मैm अडिक रहेको बताउदै कर्णाली जल, जमिन, जडीबुटी, पर्यटन जस्ता क्षेत्रमा प्रचुर संभावनाको भण्डार भएपनि त्यसको समुचित विकास नगरी राज्यले दयामायाको रुपमा लिदै सोही अनुरुप नीति अवलम्बन गर्नुको पछाडि ठूलै रहस्य लुकेको बताउनु भयो । कर्णालीबासीले कर्णाली के हो र यसको कसरी उपयोग गर्ने भन्ने बिषयमा गम्भीर हुनु पर्ने बताउदै उहाँले कर्णाली अझै टुकीमारा भइरहने कि ? राष्ट्रिय प्रसारण लाइनसँग जोड्ने ? प्रश्न अहिले पनि यथावत नै रहेको बताउनु भयो । कर्णालीमा अहिलेसम्म सरकारी तथा गैरसरकारी क्षेत्रबाट गएको पैसा कर्णाली र त्यो भन्दा बाहिरका पाँचयस मानिसहरुको रहेको भन्दै उहाँले उक्त पैसा राष्ट्रियकरण गरेर कर्णालीको विकासमा लगाउनु पर्ने बताउनु भयो । एक अर्को प्रसङ्गमा रोकायाले कर्णाली पछि पर्नु वा पारिनु केन्द्रीय सत्ता मुख्य रहेपनि त्यहाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि, राजनीतिक दलका अगुवा र सुकिला मुकिला भनिनेहरु सहायक भूमिकामा रहेको भन्दै उहाँले कतिपयले गरिबीको फोटो र कारुणीक कथा बैच्दै एनजिओरुपी बिना लगानीका उद्योग चलाइ रहेकोले अब कर्णाली एनजिओ तथा आइएनजिओ मुक्त क्षेत्र बनाउनु पर्ने बताउनु भयो । युरोपियन यूनियन, अमेरिका र बेलायत एनजिओ र आइएनजिओको नाममा नेपालमा क्रियासिल भएको बताउदै उहाँले अब उनीहरुप्रति सचेत नहुने हो भने देशलाई नै खोक्रो बनाउने बताउनु भयो ।
२००७ सालदेखि अहिले सम्मको राजनीतिमा बिचौलिया, दलाल, तस्कर, भ्रष्ट्रचारी, कालोबजारी र एजेण्टहरुकै दवदवा रहेको उल्लेख गर्दै उहाँले राज्ययत्ता पनि उनीहरकै हित, स्वार्थ र भलाईका लागि सञ्चालन र परिचालन हुदै आएको तितो यथार्थ हाम्रा सामु बताउनु भयो । विगतमा कर्णाली र राज्यका बीच पटक–पटक भएका संझौता र सहमतिको कार्यन्वयनको सट्टा उल्टै प्राप्त अधिकार खोसेर सिंहदारबारभित्रै कैद गर्नुले गणतान्त्रिक राज्यसत्ता पनि कर्णालीमैत्री छैन भन्दै रोकायाले बिभिन्न समयमा भएका संघर्ष, आन्दोलन, जनविद्रोह, जनआन्दोलन र जनयुद्धको म्यान्डेट कर्णाली जस्ता भूगोल र क्षेत्रलाई विशेष अधिकार दिलाउने भनिए तापनि त्यसलाई लत्याएर राज्यको पुर्नसंरचना गर्ने नाममा षड्यन्त्रपूर्ण ढंगले केन्द्रीकृत राज्यसत्ताको हेपाई, पेलाई, उत्पिडन, उपेक्षा, अपहेलना र बिभेदमा परेको कर्णालीलाई गणतन्त्रमा पनि उही पुरानै नियतिको शिकार बनाएको आक्रोश पाख्नुभयो ।

राष्ट्रिय राजनीतिमा समेत कर्णालीलाई पुछारमा राखिदै आएकोले त्यसका बिरुद्ध सम्पूर्ण कर्णालीबासी एकजुट हुदै फेरि कुर्वानी गर्नुपर्ने दिन आइसकेको बताउदै के कर्णालीबाट राष्ट्रपति, प्रधानमन्त्री बन्न नहुने भनेर कतै लेखेको छ त ? भनेर प्रश्न गर्नुभयो । कर्णालीबाट राजनीति गर्नेहरुले केन्द्रीय नेताको खुट्टा मोलेर, उनीहरुका झोले बनेर, गुलाम, चाकर जस्तै भएर दलाली गर्दै सहायक मन्त्री र राज्यमन्त्रीका लागि मरिहत्ते गर्नुले कर्णालीबासीको शिर निहुरिएको भन्दै उहाँले पार्टीका नेताको बिभिन्न सर्त मान्दै क्याविनेट मन्त्री हुनु दुःखदायी तथा पीडायुक्त कुरा भएको बताउनु भयो । नेपालमा क्रान्ति बल्ल सुरु भएको बताउदै उहाँले क्रान्ति पुरा भयो भन्नेहरुले दिउसै सपना देख्नु उनीहरुको आत्मरमिता र सन्तुष्टि मात्र हो भन्नु भयो ।

भष्ट्राचार, अनियमितता, अपार्दशिता, कालोबजारी, दलालीकरणको समुल अन्त्य गर्दै शान्ति–सुरक्षाको ज्ञारेन्टी नहुदासम्म फगद सुशासन र सम्बृद्धिको कुरा गर्नु भ्रम र जनतामाथिको बेइमानी बाहेक अरु केही हुन सक्दैन भन्दै अध्यक्ष रोकायाले कर्णालीमा ‘‘काले काले मिलेर खाऊ भाले’’ भन्ने नेपाली उखान सावित भएको बताउनु भयो । ‘जो चोर उसैको ठूलो स्वर’ भने झै जसले महिला हिंसा गर्छ, उ महिला अधिकारकर्मी, जो बाल शोषण गर्छ उ बालअधिकाकर्मी, जो बलात्कारी छ, उ नै नैतिकवान हुने यो कस्तो समाज हो भन्दै उहाँले नेपाली समाज कता तिर जाँदैछ र यसले दीर्घकालिन कस्तो असर पार्छ पार्छभन्ने कुरा बसैले समयमै जान्न र बुझ्न जरुरी रहेको र अब नेपाली समाजको वास्तविकता बाहरि ल्याउने कुरामा धेरैदिन भ्रममा नपर्न आग्रह गर्नुभयो । हरेक मानिसका आ–आफ्नै समस्या र बाध्यता भएको बताउदै उहाँले अब अनैतिक बनेर, गलत काम गरेर मात्र उन्नति र प्रगति हुन्छ भन्ने सोच दिमागबाट सबैले निकाल्दै राम्रो काम गरेर पनि देशको हितमा काम गर्दै प्रगति गर्न सकिन्छ भनेर सोच्न सबैसँग अनुरोध गर्नुभयो ।

कर्णालीमा कसले, कसरी, कहाँबाट र कति भष्ट्राचार गरेको छ भनेर पर्धा उघार्न मात्र बाँकी भएकोले यसलाई जति ढिला ग¥यो उति नै थप भष्ट्राचार मौलाउने जाने हुदा समयमै सचेत बन्दै, सतर्क रहदै भष्ट्राचार, अनियमिता, अपार्दशिता, कालोबजारी, दलालीकरणका बिरुद्ध संगठित रुपमा जुझ्न सम्पूर्ण कर्णालीबासीहरुमा आग्रह गर्दै उहाँले जव कर्णालीमा क्रान्ति सुरु हुनेछ तव भष्ट्राचारी, अनियमिता गर्नेहरु, अपार्दशिता राख्नेहरु, कालोबजारीया र जनतालाई सधै भ्रमममा पारेर आफ्नो स्वार्थसिद्धि गर्नेहरुको हालत कस्तो हुन्छ भनेर यसै भन्न नसकिने बताउनु भयो । राष्ट्रलाई बन्धक बनाए गरिबीयुक्त फोटो र करुणीक कथा बेच्दै अकुत सम्पत्ति कमाएका छन् उनीहरु ढिलोचाडो दण्डीत हुने बताउदै रोकायाले राष्ट्रको ढुकुटी सिध्याउनेहरुको पहिचान गरेर उनीहरुलाई जनताले बाँकी नराख्ने बताउनु भयो । अकुत सम्पत्ति कमाएर सिसाका महल बनाउनेहरुमाथि जनताले निगरानी गरेको भन्दै ति सिसाका महलहरु मा कुनै दिन जनताले ढुङ्गा हानेर चकनाचुर पार्ने बताउदै उहाँले उनीहरु तिनै घरभित्र कैदी बन्ने दिनसमेत आउने चेतावनी दिनुभयो

कर्णालीको बिगतका बारेमा धेरै चर्चा परिचर्चा भइसको भन्दै उहाँले बिगतबाट शिक्षा लिदै वर्तमानमा टेकेर भोलिको यात्रा तय गरियो भने मात्र कर्णालीका बारेमा भएका बहस, छलफलले सार्थकता पाउने हुदा कर्णाली सम्बन्धी बुझाई, गरिदै आएका छलफल र लेखनमा क्रमभंगता गर्दै बिगत र वर्तमानको वास्तविकतामा आधारित भएर भविष्यको बाटो स्पष्ट गर्न अव किमार्थ ढिलाई गरिनु हुदैन भन्ने निष्कर्ष रहेकोले ‘कर्णाली जागरण अभियान’ सञ्चालन परेको स्पष्ट पार्नुभयो ।
कर्णालीलाई ‘गोठालाको पनि गोठालो’ बनाउने पड्यन्त्रका तानाबाना निरन्तर बुनिदै आएकोले त्यसका बिरुद्ध यही २०७३ साल ३० चैत्रसम्म पहिलो चरणको ‘कर्णाली जागरण अभियान’ सञ्चालन हुन हुने भन्दै उहाँले यस महान अभियानलाई भव्यताका साथ सफल पार्न सम्पूर्ण कर्णालीबासी हरुमा अपिल समेत गर्नुभयो ।
कर्णाली जनअधिकार मञ्चका केन्द्रीय सदस्य पर्वत नेपालीको अध्यक्षतामा भएको भएको उद्घाटन कार्यक्रममा मञ्चका सचिव नृप हमाल, अधिवक्ता दमन बम, बलीराज शाही, नेपाल पत्रकार महासंघका कालीकोट अध्यक्ष कालीबहादुर मल्ल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया