इटहरी उपमहानगरका वडाअध्यक्ष चौधरीसहित पाँच जना जुवाखालबाट पक्राउ, करीब तीन लाख बरामद

इटहरी उपमहानगरका वडाअध्यक्ष चौधरीसहित पाँच जना जुवाखालबाट पक्राउ, करीब तीन लाख बरामद


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १८ असार २०७६
  • 6.8K
    Shares

वडाध्यक्ष श्रवणकुमार चाैधरी

सुनसरीकाे इटहरी उपमहानगरपालिका १५ का वडाअध्यक्ष ४४ वर्षीय श्रवणकुमार चौधरीसहित ५ जनालाई प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा दुहबी नगरपालिका वडा नम्बर १२ स्थित गंगा चौधरीको घरबाट मंगलबार राति पक्राउ गरेको छ।

वडाध्यक्ष चौधरी सहित मोरङ ग्रामथान गाउँपालिका ६ का ४० वर्षीय रुपेशकुमार तामाङ, ग्रामथान ५ का ४० वर्षीय लालबहादुर चौधरी , गढी गाउँपालिका ३ का ४२ वर्षीय रमेश चौधरी  र ३९  वर्षीय जोगेन्द्र उराव पनि जुवाखालबाट पनि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र फुयालका अनुसार, जुवाको खालबाट प्रहरीले १६ थान कौडा र नगद रु २ लाख ८५ हजार १ सय १४ बरामद गरेको छ ।

पक्राउ परेका पाँचै जनालाई मुलुकी अपराध संहिताको परिच्छेद ५ अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकता विरुद्धको कसुर अन्तर्गत मुद्धा चलाउन लागिएको नायव उपरिक्षक फुयालले जानकारी दिए ।

प्रतिक्रिया