सरकारी दमन र हत्याको देशव्यापी विरोध भइरहेको बेला प्रहरीले सङ्खुवासभा, कालीकोटलगायत जिल्लामा व्यापक दमन सुरु गरेको छ । नेकपाले सबैखाले दमनको विरोध गर्दै आएको छ ।
यसै क्रममा सङ्खुवासभा जिल्लाको सिलिचुङ १ मा शान्तिपूर्ण राजनीतिक कार्यक्रमकालागि जनताको घरमा बास बसिरहेका आफ्ना नेता–कार्यकर्तामाथि व्यापक प्रहरी परिचालन गरी तीव्र दमन गरेको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले असार २० गतेदेखि तीन दिने सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ । यसपटक ने.क.पा.ले घोषणा गरेको तीन दिने सङ्घर्षका कार्यक्रममा नेपाल बन्द लगायतका कुनै खाले चक्काजाम, बन्दको कार्यक्रम भने समावेश गरेको छैन ।
नेकपाको केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार, ने.क.पा.ले असार १९ र २० गते देशव्यापी रूपमा मशाल जुलुस निकाल्ने निर्णय गरेको छ । त्यसैगरी २१ ग्ते देशव्यापी विशाल जनप्रदर्शन गर्ने निर्णय भएको जानकारी ने.क.पा.को केन्द्रीय कार्यालयले दिएको छ ।
यसैबीच विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले यहीँ असार २२ गते नेपाल बन्द अायोजना गरेको भन्दै विभिन्न अनलाइन सञ्चार माध्यमले प्रेषित गरेको समाचार प्रति नेकपाले गम्भीर ध्यानाकर्षण भएको जनाउंदै यही असार २२ गते पार्टीले कुनै बन्दको कार्यक्रम अायोजना नगरेको स्पस्ट पारेको छ । नेकपाका केन्द्रीय कार्यलय सचिव धुब्रले २२ गते अाफुहरुको कुनै बन्दको कार्यक्रम नरहेको जानकारी दिए । साथै उनलेे देशभर प्रहरीले विनाकारण चलाएको धरपकड र गिरफ्तारी प्रति अाफुहरु गम्भीर रहेको समेत बताएका छन् ।
उनले पुर्वका विभिन्न जिल्लाका गाउँमा गाउँमा प्रहरीले अप्रेसन चलाएर गाउँले अातङ्कित पार्ने काम गरेको भन्दै उक्त हर्कत तत्काल बन्द गर्न पनि माग गरे ।
सरकारले असार १६ गते सङ्खुवासभा जिल्लाको सिलिचुङ १ सिसुवाटार होङ्लामा जनताको घरमा बास बसिरहेका नेकपाका नेता–कार्यकर्तामाथि अन्धाधुन्द गोली प्रहार गरेको थियो । उक्त घटनामा नेकपातर्फ क्षति नभए पनि सरकारी दमन तीव्र बन्दै गएपछि नेकपाले त्यसकाविरुद्ध सङ्घर्ष घोषणा गरेको हो ।
सरकारले जेठ ७ गते भोजपुरमा तीर्थ घिमिरे ‘राजु’ र असार ५ गते सर्लाही इन्चार्ज कुमार पौडेललाई गिरफ्तार गरिसकेपछि हत्या गरेको थियो ।
नेपाल बन्द बारे भ्रममा नपर्न नेकपाको अाग्रह
संवाददाता