आत्मघाती बम आक्रमण रोक्न नसकेपछी श्रीलङ्काली प्रहरीद्वारा आफनै प्रहरी प्रमुख आईजीपी जयसुन्दरालाई पक्राउ

आत्मघाती बम आक्रमण रोक्न नसकेपछी श्रीलङ्काली प्रहरीद्वारा आफनै प्रहरी प्रमुख आईजीपी जयसुन्दरालाई पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १८ असार २०७६
  • 5.9K
    Shares

आईजीपी पुजित जयसुन्दरा

श्रीलङ्काको प्रहरीले आत्मघाती बम आक्रमण रोक्न नसकेको आरोप लागेका आफ्नै कमाण्डर  प्रहरी महानिरिक्षक (आईजीपी) पुजित जयसुन्दरालाई पक्राउ गरेको छ। प्रहरीले आईजीपी पुजित जयसुन्दरासँगै उक्त घटनालाई लिएर पूर्वरक्षा सचिव हेमसिरी फर्नान्डोलाई पनि गिरफ्तार गरेको छ।

महान्यायाधिवक्ताले सुरक्षा खतराहरूको आकलनमा उनीहरूको विफलता मानवताविरूद्धको अपराधजस्तै भएको टिप्पणी गरेको भोलिपल्ट दुई अधिकारी गिरफ्तार भएका हुन्। महान्यायाधिवक्ताले उनीहरूविरुद्ध औपचारिक रूपमा अभियोग लगाउने ठानिएको छ।

उनले सुरक्षा कमजोरीहरूका निम्ति मुद्दा लगाइनु पर्ने भन्दै सन्दिग्धको रूपमा अन्य नौजना वरिष्ठ प्रहरी अधिकृतहरूको पनि नाम लिएका छन्। सम्भावित आक्रमणबारे प्राप्त गुप्त सूचनाको जानकारी दिन असफल भएको भन्दै प्रहरी प्रमुखलाई राजीनामा दिन निर्देशन दिइएको बताइएको थियो। तर उनले राजीनामा दिन अस्वीकार गरेका थिए। त्यसपछि राष्ट्रपति मैत्रीपाल सिरिसेनाले दुई महिनाअघि रक्षासचिवलाई पदमुक्त गर्दै प्रहरी प्रमुखलाई निलम्बन गरेका थिए।

सिरिसेनाले एउटा टेलिभिजन सम्बोधनमा त्यहाँका विभिन्न सुरक्षा निकायमा व्यापक परिवर्तन गर्ने बताएको एक दिनपछि उनीहरू विरुद्ध कदम उठाइएको थियो।

बम आक्रमणमा दुई सय ५८ जना मारिएका थिए।

प्रतिक्रिया