तात्कालीन एमाले सांसद कार्की घुस्याहा ठहर, चार लाख घुससहित इन्जिनियर पक्राउ

तात्कालीन एमाले सांसद कार्की घुस्याहा ठहर, चार लाख घुससहित इन्जिनियर पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १७ असार २०७६
  • 5.5K
    Shares

डोलबहादुर कार्की

नौ वर्ष पहिले घुससहित पक्राउ परेका तत्कालिन नेकपा (एमाले) का सांसद डोलबहादुर कार्कीलाई सर्वोच्च अदालतले दोषी ठहर गरेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलाशले मंगलबार विशेष अदालतको फैसलालाई सदर गरेको हो ।

पूर्वसांसद कार्की र स्वामी ब्रम्हानन्द उदासीन २०६७ भदौमा चार लाख घुस रकमसहित पक्राउ परेका थिए । प्रहरी निरीक्षकमा भर्ना गर्न भनेर लिएको घुस रकम मध्ये एक लाख रुपैयाँ प्रहरीले स्वामीको घरबाट बरामद गरेको थियो ।

२०६७ सालमा अदालतले भ्रष्टाचार गरेको ठहर गरेपछि २०६८ जेठमा कार्की र स्वामी सर्वोच्चमा पुगेका थिए । लमजुङ घर भएका कार्की एमालेबाट समानुपातिक सांसद बनेका थिए ।

यसैबीच प्राप्त जानकारी अनुसार, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जामा कार्यरत इन्जिनियर (आठौं तह) वासी अख्तर मोहम्मद चार लाख रुपिया घुस रकमसहित आज पक्राउ परेका छन् ।

खानेपानी आयोजनाको भुक्तानी दिएकोमा विभिन्न बहाना बनाई सेवाग्राहीसँग कमिशन वापत घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले इन्जिनियर वासी अख्तर मोहम्मदलाई सेवाग्राहीसँग रू.४,००,०००।–(चार लाख) घुसबापतको रकम लिइसकेको अवस्थामा पुतलीबजार वडा नं.१ स्थित इग्लिस वोर्डिङ स्कुल नजिकबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया