विप्लव नेतृत्वको ने.क.पा. गोर्खा जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिलदेब भट्टलाई प्रहरीले जिल्ला प्रशासन कार्यालय तनहुँ परिसरबाटै आज फेरी गिरफ्तार गरेको छ । प्रहरीमाथि दुर्ब्यबहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका नेताद्वय कुमाल र भट्टलाई प्रहरीले जिल्ला प्रशासन कार्यालय तनहुँ परिसरबाटै आज फेरी गिरफ्तार गरेको हो ।
उनीहरुलाई जिल्ला प्रशासन कार्यालय तनहुँले आदेश जनही २ हजार रुपैयाँ धरौटी बुझाउन आदेश दिएको थियो । आफुहरु तनहुँबाट रिहा भएपनि आफूहरुका बिरुद्ध गोरखामा अर्को मुद्दा तयार गरिएको र पुनः पक्राउ गरि गोरखा लैजाने संकेत पाएपछि उनीहरुले धरौटी बुझाउन इन्कार गरेका थिए । उनीहरुले धरौटी बुझाउन इन्कार गरेपछि त्यस दिन उनीहरुलाई पुर्पक्षका लागि तनहुँ जिल्ला कारागार पठाइएको थियो । तर आज उनीहरुले तोकिएको धरौटी रकम बुझाए पनि “जिल्ला प्रहरी कार्यालय गोरखामा बम बिद्फोत सम्बन्धि मुद्दा रहेको” भन्ने पत्र थमाएर जिल्ला प्रशासन कार्यालय तनहुँको मुद्दा फाँटबाटै फेरी गिरफ्तार गरिएको थियो ।
फेरी गिरफ्तारीमा परेका नेता योगेन्द्र कुमालको यो गिरफ्तारी तेश्रो पटक हो भने भट्टको चौंथो पटक हो । गोरखामा पक्राउ पर्ने क्रममा खुट्टा भाचिएका उनलाई गत जेठ १३ गते उच्च अदालत पोखराले बन्दी प्रतक्ष्यीकरणको मुद्दामा रिहा गर्न आदेश दिएपनि जेठ १४ गते तनहुँ प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको थियो ।
जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा अहिले पनि पोखरास्थित उच्च अदालतबाट गिरफ्तार गरी लगिएका ने.क.पा. कास्कीका सेक्रेटरी जंगबहादुर भण्डारी “आक्रोस” , कास्की जिल्ला सदस्य एबम अन्नपुर्ण गाउंपालिका इन्चार्ज सन्तोष परियार “परिवर्तन” तथा बिद्यार्थी नेताहरु मिलन राई र काजी गुरुङ रहेका छन् । दुवै जना बिद्यार्थी नेताहरु पार्टी जिल्ला कमिटि सदस्य पनि हुन् । उनीहरुलाई पनि बम बिस्फोट सम्बन्धी मुद्दा चलाइएको प्राप्त समाचारमा जनाइएको छ ।