सकारात्मक सोचका अन्तरास्ट्रिय जीवन प्रशिक्षक, चलचित्र निर्माता कार्की धरौटीमा रिहा

सकारात्मक सोचका अन्तरास्ट्रिय जीवन प्रशिक्षक, चलचित्र निर्माता कार्की धरौटीमा रिहा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १७ असार २०७६
  • 5.9K
    Shares

सकारात्मक सोचका अन्तरास्ट्रिय जीवन प्रशिक्षक, चलचित्र निर्माता तथा #No_Tax_No_Ncell अभियानका अभियन्ता नर बहादुर कार्कीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार  साँझ करिव ६ बजे रिहा गरेको छ ।
केही समय अघिदेखी उनी विप्लव नेतृत्वको नेकपाको समर्थनमा पनि अभिव्यक्ती दिंदै आइरहेका थिए ।
सकारात्मक सोचका अन्तरास्ट्रिय जीवन प्रशिक्षक तथा चलचित्र निर्माता समेत रहेका कार्की पक्राउको विरुद्धमा सामाजिक संजालमा व्यापक असन्तुष्टिका आवाजहरु देखिएका थिए । एनसेलको करछलीको विरुद्धमा #No_Tax_No_Ncell को ह्यासट्याग सहित अभियानको नेतृत्व गरिरहेका कार्कीलाई नियन्त्रणमा लिनु न्यायोचित नभएको र तुरुन्तै विना शर्त रिहाईको लागि सामाजिक संजालमा आवाज उठिरहेका थिए ।

गत असार १० गतेलाई विप्लव नेकपाले घोषणा गरेको नेपाल बन्दको पुर्वसन्ध्यामा प्रहरिले उनलाई नियन्त्रणमा लिएको थियो।

नरबहादुर कार्की

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता भएको आरोपमा पक्राउ परेका नरबहादुर कार्कीले आफूविरुद्धको आवाजलाई बन्द गर्न खोज्दा सरकारले मुलुकमा तनाब  सृजना गरेको बताएका छन्।

अदालतबाट सोमबार धरौटीमा छुटेपछि कार्कीले राजनीतिक आस्थाकै आधारमा कसैलाई बन्दी बनाइनु लोकतन्त्रकै उपहास भएको बताए। ‘ यो समग्र राजनीतिक कोर्स र संस्कारकै नराम्रो उदाहरण हो। निषेधको नीतिले संसारभर कतैपनि प्रियखालका समाधान आएका छैनन्’, कलाकार र मोटिभेसनल स्पीकर समेत रहेका कार्कीले भने‍।

जनताको चाहनालाई सरकारले सम्बोधन गर्नुपर्ने भन्दै उनले अगाडि थपे- ‘हामी देशका विरुद्ध लडेका होइनौँ। देशकै निम्तिको लडाइँ हो।’

कम्युनिष्ट शासनमा आलोचनात्मक बहसलाई गतिलो संस्कार मानिएपनि नेपालका कम्युनिष्ट पार्टीहरुले आलोचना र विरोधी आवाजलाई सहन नसकेको उनको गुनासो छ।

प्रतिक्रिया