सङ्खुवासभा जिल्लाको सिलिचुङ – १ मा विप्लव नेतृत्वको ने.क.पा. कार्यकर्ता र प्रहरीबीच दोहोरो भिडन्त भएको ब्यापक हल्ला गरिएको अबस्थामा बिद्रोही ने.क.पा.ले भने शान्तिपूर्ण राजनीतिक कार्यक्रमकालागि जनताको घरमा बास बसिरहेका नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तामाथि सरकारले प्रहरी परिचालन गरी तीव्र दमन गरेको आरोप लगाएको छ ।
ने.क.पा.का प्रबक्ता प्रकाण्डले आजै एक प्रेस विज्ञप्ति जारी गरी नेपाल कम्युनिस्ट पार्टीले सङ्खुवासभा जिल्लाको सिलिचुङ १ मा शान्तिपूर्ण राजनीतिक कार्यक्रमकालागि जनताको घरमा बास बसिरहेका नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तामाथि सरकारले प्रहरी परिचालन गरी तीव्र दमन गरेको भन्दै घटनाको निन्दा र भर्त्सना गरेका छन् । साथै उनले त्यस घटनाको निन्दा गर्नुका साथै तत्काल दमन बन्द नगरे प्रतिरोध गर्ने चेतावनी पनि विज्ञप्तिमार्फत दिएका छन् ।
प्रकाण्डले वक्तव्यमा अघि भनेका छन्, ‘एकातिर शान्ति र लोकतन्त्रका कुरा गर्ने तर अर्कातिर शान्तिपूर्ण राजनीतिक कार्यक्रममा हिँडेका नेकपाका नेता–कार्यकर्तालाई दमन गर्ने, गोली प्रहार गर्ने, समातेर हत्या गर्ने वली–बादल मण्डली सरकारको दमन कार्य निन्दनीय छ । अविलम्ब यो दमन नरोके नेकपाले शक्तिशाली प्रतिरोध गर्नेछ । त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार यही केपी–बादल सरकार हुनेछ ।’

यसैबीच प्राप्त जानकारी अनुसार, संखुवासभामा भएको भनिएको कथित गोली हानाहानबाट विप्लव नेतृत्वको ने.क.पा.का तीन युवा नेता बेपत्ता भएका छन् । आफ्नो टोली भात खाइरहेका बेला प्रहरीले अचानक फायरिङ गरेर तितरबितर पारेको र त्यहि क्रममा आफ्ना ३ कार्यकर्ता बेपत्ता भएको विप्लव नेतृत्वको ने.क.पा.को भनाई छ। उनीहरुको अवस्थाबारे कुने जानकारी छैन् ।
विप्लव नेतृत्वको ने.क.पा.ले प्रहरीले एकतर्फी गोली चलाएको आरोप लगाई रहंदा यस बिषयमा सङ्खुवासभा जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतले विप्लवका कार्यकर्ताले पहिले गोली चलाएको र फायरिङ गर्नु परेको एउटै जवाफ दिएका विवरण बाहिर आएका छन् । उक्त घटनालाई लिएर उनीहरले बोल्न मानेका छैनन् !
जिल्लाको सिलिचोङ गाउँपालिका–१ होयङ्मामा बिहान साढे १० बजे गोली हानाहान भएको बताइएको छ ।
उक्त घटनालाई लिएर गृहमन्त्रालयले आजै नेपाली सेनाका ३ हेलिकोप्टर सहित ५० जना भन्दा बढि सुरक्षाकर्मी घटनास्थलतर्फ पठाएको छ ।
सहायक प्रहरी निरिक्षक उमेष थापाको कमाण्डमा १५ र नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षकको कमाण्डमा १० जनाको टोलि लिएर काठमाडौंबाट नेपाली सेनाको एमआई १७ हेलिकप्टर दिउँसो १२ बजे सङ्खुवासभा पठाईएको थियो ।
कथित गोली हानाहानपछि सरकारले सिसुवा क्षेत्रमा सेनाका तीनवटा हेलिकोप्टर ओरालेको थियो। ती हेलिकोप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका २५–२५ जना टोली लगिएको थियो । त्यस्तै सदरमुकाम खाँदबारीबाट केही दिनअघिबाटै त्यो क्षेत्रमा सशस्त्र प्रहरीको २० जनाको टोली गस्तीमा थियो। त्यतिकै संख्यामा नेपाल प्रहरीको टोली पनि गोली हानाहानपछि खाँदबारीबाट इन्सपेक्टरको कमाण्डमा १७ जनाको अर्को टोली त्यसतर्फ पठाइएको थियो । विप्लवका कार्यकर्ता खोज्न ताम्कु र सिसुवाबाट पनि प्रहरी परिचालित गरिएको छ।
प्रहरीले यसअघि पनि भिडन्त भन्दै विप्लव नेकपाका नेता कुमार पौडेलको सर्लाहीमा र तिर्थ घिमिरेको भोजपुरमा हत्या गरेको थियो ।