बादल-प्रचण्ड एकता हुन लागेपछि वैद्य-विप्लव एकताको तयारी !

बादल-प्रचण्ड एकता हुन लागेपछि वैद्य-विप्लव एकताको तयारी !


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २४ फाल्गुन २०७२
  • 11.9K
    Shares

एकीक्ृत नेकपा माओवादीसँग पार्टी एकता गर्ने कि नगर्ने भन्ने बारेमा अन्तरसंघर्ष चलिरहेको मोहन वैद्य नेतृत्वको नेकपा )क्रान्तिकारी) माओवादी कथंकदाचत एमाओवादीसँग एकीकृरण हुने भएमा सो पार्टीभित्रका अध्यक्ष मोहन वैद्य लगायतका क्रान्तिकारीहरुको समूहले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीसँग पार्टी एकीकरण गरेर जाने तयारी गरिरहेको समाचार सार्वजनिक भएको छ ।
आज प्रकाशित साँघु साप्ताहिमा प्रकाशित समाचारमा भनिएको, प्रचण्ड नेतृत्वको एमाओवादी र मोहन वैद्यको क्रान्तिकारी माओवादीबीच २०७२ फागुन १ गते नै पार्टी एकता गर्ने निश्चित भएतापनि मोहन वेद्यकै अरुचिका कारण एकता रोकिएको एमाओवादीका एकजना स्थायी समितिका सदस्यले जानकारी दिएका छन् ।
वैद्य प्रचण्डसँग अझै एकता गर्न नचाहेको विप्लव माओवादीका एक पोलिटब्यूरो सदस्यले पनि पुष्टि गरे । ँहाम्रा महासचिव विप्लवले किरणसँग भेटिरहनु भएको छ, हामी र उहाँ विचार र बुझाइमा निकट पुगेका छौं, बादलहरु प्रचण्डसँग जान्छन् भन्ने हाम्रो हिजोको कुरा पुष्टि भएको छ, किरणजीले पनि रिअलाइज गर्नुभएको छ, बादलहरु प्रचण्डकोमा गएपछि किरणसाग हाम्रो एकता हुनसक्छ,’ विप्लव माओवादीका ती नेताले भने ।

ँभेडाभेडासँग र बाख्राबाख्रासँग रहनुको विकल्प छैन, संसदवादी प्रचण्डलाई बलियो बनाएर क्रािन्तको धारलाई निस्तेज पार्ने काम गर्नु भनेको आत्मसमर्पणकारी नीति हो, किरण त्यसको विपक्षमा हुनुहुन्छ, बल्ल माओवादीको वास्तविक एकीकरणरध्रुवीकरण हुन्छ,’ तिनको जोड थियो ।

किरणको नेतृत्वमा क्रान्तिकारी माओवादी र प्रचण्डको नेतृत्वमा संसदवादी माओवादीको ध्रुवीकरण हुने ती नेताको भनाई थियो । भारतीय विस्तारवादीको योजनामा नै प्रचण्डलाई बलियो बनाउन लागिएको विप्लव निकट एकजना पत्रकारले प्रतिक्रिया दिए । साँघु साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया