भूकम्प पीडितहरुबाट गैरकानूनी रुपमा रकम असुल्ने १९ प्राविधिकको जागीर चट

भूकम्प पीडितहरुबाट गैरकानूनी रुपमा रकम असुल्ने १९ प्राविधिकको जागीर चट


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १५ असार २०७६
  • 5.8K
    Shares

पुनर्निर्माण प्राधिकरण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितहरुबाट गैरकानूनी रुपमा रकम असुल गरेको आरोप लगाउंदै पुनर्निर्माणमा खटिएका १९ जना प्राविधिकलाई कारबाही गरेको छ । प्राधिकरणअन्तर्गत भूकम्प प्रभावित जिल्लाका विभिन्न स्थानीय तहमा खटाइएका ती प्राविधिकहरुलाइ भूकम्प पीडितहरुलाई दुःख दिएको, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको हस्ताक्षर किर्ते गरी हाजिर सिफारिस गर्ने गरेको, केन्द्रीय आयोजना कार्यान्वयन इकाई र जिल्ला आयोजना कार्यान्वयन इकाईले दिएका निर्देशनहरु पालना नगरेको लगायतको आरोप पनि लगाइएको छ  ।

ती प्राविधिकहरुको करार सम्झौता भंग गरी नियमानुसार कार्वाही गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ । कारबाहीमा पर्नेमा १२ जना इन्जिनियर, ५ जना सब–इन्जिनियर र २ जना असिष्टेण्ट सब–इन्जिनियर छन् । तीमध्ये नुवाकोटमा कार्यरत ८ जना प्राविधिक छन् भने काभ्रेपलाञ्चोकमा कार्यरत ३ जना, सिन्धुपाल्चोकमा कार्यरत २ जना, दोलखामा कार्यरत २ जना, धाडिंगमा कार्यरत २ जना छन् । त्यस्तै, भोजपुर र सोलुखुम्बुमा कार्यरत १–१ जना छन् ।

प्रतिक्रिया