उत्तर कोरियाली भुमि टेक्दा गर्वको अनुभूति गरेका ट्रम्पले उत्तर कोरियाली सेना प्रमुखलाई सलाम ठोके

उत्तर कोरियाली भुमि टेक्दा गर्वको अनुभूति गरेका ट्रम्पले उत्तर कोरियाली सेना प्रमुखलाई सलाम ठोके


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १५ असार २०७६
  • 6.7K
    Shares

उत्तर कोरियालाई कुनै बेला संसारकै महान शत्रु ठान्ने अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको जमिन टेकना पाउँदा आफुलाई गर्वको महशुश भएको बताएका छन् l त्यति मात्र हैन संसारकै शक्तिशाली देश भनेर दाबी गर्ने अमेरिकाका रास्ट्रपति ट्रम्पले उत्तर कोरियाली सेना प्रमुखलाई सलाम गरेको तस्बीर पनि सार्वजनिक भएको छ । उत्तर कोरियाली सेना प्रमुखले अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पलाई सलाम ठोकेपछि त्यसको जवाफमा रास्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सेना प्रमुखलाई सलाम ठोकेका हुन् ।

जापानमा सम्पन्न जी–२० सम्मेलनपश्चात् दक्षिण कोरिया हुँदै उत्तर कोरियाली रास्ट्र प्रमुख किमलाई भेट्न दुई कोरियाली सीमा क्षेत्र पानमुनजोममा पुगेर उत्तर कोरियाली भूमि टेकेका थिए । उत्तर कोरियाली भुमि टेकेपछि भेटपछिको संयुक्त वक्तव्यमा राष्ट्रपति ट्रम्पले ‘ ‘यो विश्वका लागि विशेष दिन हो’, भनेका छन् । राष्ट्रपति ट्रम्पले संयुक्त वक्तव्यमा अघि थपेका छन् कि ‘सीमामा पाइला टेक्नु ठूलो सम्मान थियो।’ उनले भेटसँगै दुई देशबीच महान् सम्बन्धको विकास भएको बताए। ‘अढाई वर्षअघि धेरै खराब थियो जुन दक्षिण कोरिया, उत्तर कोरिया तथा विश्वका लागि खतरा थियो’, ट्रम्पले भने। राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली सीमामा पाइला टेक्न पाउँदा ‘गर्व’ लागेको बताए।

उनी उत्तर कोरियाली नेता किम जोङ उनसँगको तेस्रो शिखर वार्ताका पहिलो पटक उत्तर कोरियाली भूमिमा पुगेका हुन्।

ट्रम्पले किमसँग पहिलो पटक सिंगापुरमा २०१८ जुन १२ र दोस्रो पटक भियतनाममा त्यसै वर्षको फेब्रुअरीमा भेटवार्ता गरेका थिए।

प्रतिक्रिया