नेत्र विक्रम चन्द विप्लव नेतृत्वको ने.क.पा.का गोरखा जिल्ला सदस्य तथा अखिल नेपाल किसान संघ क्रान्तिकारी को जिल्ला संयोजक रोहितप्रसाद पन्तलाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार राति ११ बजेतिर शहीद लखन गाउँपालिका – ४ को राइनासबाट पन्तलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यही ठाउँमा स्थायी घर भएका पन्तलाई कुरिनटार प्रहरी चौकीका प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिए ।
पन्तमाथि राजद्रोहको कसुरमा जिल्ला अदालत गोरखाबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीको दाबी छ ।