अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय महेन्द्रनगरको टोलीले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख अजित कुमार श्रीवास्तव र इञ्जिनियर ग्रिष्मा ठगुन्नालाई दुई लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरे पनि घुस बापतको रकम भने कार्यालय प्रमुख श्रीवास्तवको आवासको भान्छामा चामलको बोराभित्र लुकाएर राखेको अबस्थामा बरामद गरेको छ ।
अभियुक्त द्वयले कन्चनपुर् जिल्लाको भीमदत्त नगरपालिका–१९ को चौधर नदीमा तटबन्ध निर्माणमा १५ प्रतिशत रकम घुस मागेको सेवाग्राहीले बताएका छन् । श्रीवास्तवले २५ लाख योजनाको १५ प्रतिशतका दरले कमिसन नदिए आफूले बिल पास नगर्ने बताएपछि सेवाग्राही कानुनी कारबाहीका लागि अख्तियारको शरणमा पुगेका थिए ।
सेवाग्राहीबाट घुस लिएको २ लाख रुपैयाँ कार्यालय प्रमुख श्रीवास्तवको आवासको भान्छामा चामलको बोराभित्र भेटिएको अख्तियारले जनाएको छ ।