लोकप्रिय देशभक्त, क्रान्तिकारी स्रष्टा रसुवाली कवि फेरि गिरफ्तार

लोकप्रिय देशभक्त, क्रान्तिकारी स्रष्टा रसुवाली कवि फेरि गिरफ्तार


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ११ असार २०७६
  • 7.7K
    Shares

रसुवाली कवि

लोकप्रिय, देशभक्त, क्रान्तिकारी स्रष्टा,  युवा जनकवि ठाकुरप्रसाद तिम्सिना “रसुवाली कवि”लाई प्रहरीले आज फेरी गिरफ्तार गरेको छ । उनीसंगै पक्राउ परेका नयाँ पत्रिका दैनिकका पत्रकार एबम कबि संगीत स्रोता (यम क्षेत्री)लाई भने प्रहरीले छाडेको छ ।

पत्रकार एबम कबि यम क्षेत्री (संगीत श्रोता)

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिद्वारा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आज दिउँसो वसन्तपुर डबलीमा आयोजित कार्टुन प्रदर्शनी र कवितावाचन कार्यक्रममा अतिथि कविका रुपमा कार्यक्रमस्थल जाँदै गर्दा युवा जनकवि रसुवाली कविलाई प्रहरीले फेरी गिरफ्तार गरेको हो ।

उनी राम्रा संस्मरणकार र टिप्पणीकार÷समीक्षक पनि हुन् । गिरफ्तार युवा कबि रसुवाली कविले लामो हिरासत बसाइ र लामो तारिखबाट भर्खरै मुक्त भएर आफ्नो हिरासत बसाइका अनुभूतिहरु लेख्दै आम सर्वसाधारणलाई सुसूचित गराउंदै आएका थिए ।

रसुवाली कविलाई यो सरकारले पुनः गिरफ्तार गरेर आफ्नो अनुदारवादी, फासिस्ट हर्कत पुनः दोहो¥याएको छ ।  उनको अघिल्लो गिरफ्तारीको समयमा हजारौँ स्रष्टा र चिन्तकहरुको आवाजका कारण समाज नै तरङ्गित भएको थियो । यसअघि उनलाई २ वैशाखमा सशस्त्र प्रहरी बल, हल्चोकको टोलीले पनि पक्राउ गरेको थियो ।

 

 

प्रतिक्रिया