ट्राफिक नियम बिपरित पार्किंग गरिएको गृह प्रवक्ताको गाडीमा ट्राफिक प्रहरीको लक

ट्राफिक नियम बिपरित पार्किंग गरिएको गृह प्रवक्ताको गाडीमा ट्राफिक प्रहरीको लक


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ११ असार २०७६
  • 6.3K
    Shares

ट्राफिक नियम बिपरित पार्किंग गरिएको गृह मन्त्रालयका सह–सचिव एबम गृह प्रबक्ता  रामकृष्ण सुवेदीको गाडीमा ट्राफिक प्रहरीले लक लगाई दिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरी जवानले गृह मन्त्रालयका प्रबक्ता सुवेदीको बा २ झ ४३८८ नम्बरको गाडीमा लक लगाएका हुन् ।

गृह मन्त्रालयका प्रबक्ता सुवेदीले अनाधिकृत रुपमा सिंहदरबारको पूर्वी गेट अगाडि आफ्नो गाडी  पार्किङ गरेर खाना खान निस्किएका थिए । प्रत्यक्षदर्शीका अनुसार, लक लगाएपछि गृहका  कर्मचारीले  ती साहसी ट्राफिक जवानलाई धम्क्याएका थिए । त्यति मात्र हैन उनले फोनमार्फत कुरा गराएर ती प्रहरीलाई नै तर्साउन खोजेका थिए ।

महाशाखाका प्रमुख वसन्त लामालाई आफूलाई घटनाबारे जानकारी आएको बताउँदै सोधपुछ भइरहेको बताए ।

प्रतिक्रिया