सिडिओ कडेलद्वारा प्रदेश सांसद चमेलीदेबीलाई दुर्व्यबहार, थुनिदिने धम्की

सिडिओ कडेलद्वारा प्रदेश सांसद चमेलीदेबीलाई दुर्व्यबहार, थुनिदिने धम्की


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ११ असार २०७६
  • 5.9K
    Shares

आफ्नो एक कार्यकर्ताको नागरिकताको प्रतिलिपिको लागि काममा ढिलाई भएपछी गुनासो लिएर प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कडेलसम्म पुगेकी प्रदेश सांसद चमेलीदेवी दासलाई प्रजिअ कडेलले आफ्नै कार्यकक्षमा मंगलबार अभद्र व्यवहार गरेका छन् भने थुनिदिने धम्कि दिएर फर्काई दिएका छन् ।

हराएको नागरिकताको प्रतिलिपि लिन १० दिनसम्म जिल्ला प्रशासन कार्यालय धनुषा धाएका लक्ष्मीनियाँ गाउँपालिका ६ का किशोरी यादवलाइ लिएर प्रजिअ कडेलको कार्यकक्षमा पुगेकी  समाजवादी पार्टी नेपालकी प्रदेश सांसद चमेलीदेवी दासलाई प्रजिअ कडेलले आफ्नै कार्यकक्षमा मंगलबार अभद्र व्यवहार गर्नुका साथै थुनिदिने धम्कि दिएर फर्काई दिएका हुन् ।

प्रजिअ कडेलले थुनिदिने धम्की दिएर फ़र्काइएकी प्रदेश सांसद चमेलीदेवी दासले जनकपुरमा पत्रकार सम्मेलन गरी प्रजिअ कडेलले आफुलाई दुर्ब्यबहार गरेको भन्दै प्रजिअ  कडेललाई कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिन । उनले भनिन्, ‘म बोल्नै लाग्दा उहाँले चुप लागेर बस्नुस्, नत्र थुन्छु भनेर दुर्व्यवहार गर्नभयो।’ यति मात्र नभएर दुई प्रहरीलाई बोलाएर थुन्ने प्रयाससमेत गरेको सांसद दासले सुनाइन्। उनले सेवाग्राहीको काम नगर्ने र गुनासो गर्दा थुन्न लगाउने सिडिओलाई कडा कारबाही हुनुपर्ने बताइन्।

यता, सिडिओ कणेलले यो घटनालाई सामान्य रुपमा लिएको प्रतिक्रिया दिए। उनले कार्यालयमा सबै खालका सेवाग्राही आउने गरेको भन्दै आफूले सांसद दासलाई दुर्व्यवहार नगरेको दावी गरे। उनले भने, ‘यो सामान्य कुरा हो। तिरलाई तार बनाउनु हुँदैन।’

प्रतिक्रिया