खानेपानी मन्त्रीलाई कालो झन्डा देखाउने कांग्रेस नेतालाई सत्तारुढ नेकपा कार्यकर्ताले कुटे, चार घाइते

खानेपानी मन्त्रीलाई कालो झन्डा देखाउने कांग्रेस नेतालाई सत्तारुढ नेकपा कार्यकर्ताले कुटे, चार घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १० असार २०७६
  • 5.5K
    Shares

खानेपानी मन्त्री बिना मगर

खानेपानी मन्त्री बिना मगरलाई कालो झण्डा देखाउने प्रमुख पतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई सत्तारुढ नेकपाका कार्यकर्ताले कुटेर घाइते बनाएका छन् । सत्तारुढ नेकपाका कार्यकर्ताको कुटाईबाट चार जना कांग्रेसी कार्यकर्ता घाइते भएका हुन् ।

खानेपानी तथा सरसफाई मन्त्री बिना मगर कैलाली जिल्लाको पुनर्वास नगरपालिकाको नगर अधिबेशन उद्घाटन गर्न कैलालेको धनगढी पुगेकी थिइन । सोही क्रममा निर्वाचन क्षेत्र जाँदै गरेकी मन्त्री बिना मगरलाई प्रतिपक्षी दल नेपाली कांग्रेस कार्यकर्ताले पुनर्वास नगरपालिका वडा नम्बर १० डोकेबजारमा कालो झण्डा देखाउन खोजेका थिए । तर उनीहरुलाई सत्तारुढ नेकपाका नेता तथा कार्यकर्ताले उनीहरुमाथि आक्रमण गरेका थिए । त्यसपछि भएको झडपमा ४ जना कांग्रेस कार्यकर्ता घाईते भएका छन् । झडपमा परि  नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापती गोपिप्रसाद उपाध्याय , नेपाली कांग्रेस बेलौरी नगर सचिब बिक्रम चन्द, नेता हरेन्द्रसिह बिष्ट र कार्यकर्ता कृष्णबहादुर चन्द घाइते भएका छन् ।

प्रतिक्रिया