बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दको प्रभाव बिहानैदेखि देशैभर परेको छ ।
बन्दका कारण पर्यटकीय नगरी पोखरा, संघीय राजधानी काठमाण्डौं, प्रदेश ३ को राजधानी बुटवल लगायतका स्थानमा सवारीसाधन गुडेका छैनन, बजार, कलकारखाना , शैक्षिक संस्था ठप्प भएका छन । लामो तथा छोटो दुरिका कुनैपनी सवारी साधनहरु छुटेका छैनन ।

सर्लाहीमा आफ्नो पार्टीका जिल्ला जिल्ला इन्चार्ज कुमार पौडेललाई नियन्त्रणमा लिएर गोलि हानि हत्या गरिएको बिरोधमा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्दको आब्हान गरेको हो ।