ने.क.पा. लमजुङ जिल्ला सेक्रेटरी सोनाम पोखराबाट गिरफ्तार, जनयुद्धमा बेपत्ताको घरमा आतंक

ने.क.पा. लमजुङ जिल्ला सेक्रेटरी सोनाम पोखराबाट गिरफ्तार, जनयुद्धमा बेपत्ताको घरमा आतंक


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ९ असार २०७६
  • 7.7K
    Shares

बिनोद सोनाम

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी को गण्डक ब्युरो सदस्य एबम लमजुङ जिल्ला सेक्रेटरी बिनोद सोनाम पोखराबाट गिरफ्तार भएका छन् ।

पोखरा महानगर पालिका वडा नम्बर १६ तल्लो दीपस्थित जोगिमणिमार्गमा रहेको आफनै डेरा कोठाबाट सोमबार साँझ करीब ८ बजे उनलाई प्रहरीले गिरफ्तार गरेको हो । उनको डेराकोठाबाट प्रहरीले  पार्टीका दस्ताबेज, मार्क्सवाद सम्बन्धी किताबहरु पनि बरानद गरेको बताइएको छ ।

उनको गिरफ्तारीका बारेमा प्रहरीले केही बोलेको छैन भने ने.क.पा.को तर्फबाट आधिकारिक रुपमा कुनै जानकारी सार्वजनिक भएको छैन ।

यसैबीच,  पोखरा महानगरपालिका वडा नं ३२ खुदिखोला सुकुम्बासी बस्ती स्थित बेपत्ता योद्धा सोम बहादुर बिक को घरमा प्रहरीले छापा मारेर आतंक सृजना गरेको खबर छ।

अन्दाजी दस जनाको सङ्ख्यामा हात हतियार सहित आएका प्रहरीको एक जत्थाले  दिउसो तीन बजेको समयमा घरमा छापा मारेर परिवार र छिमेकी समेतलाइ आतंकित बनाएको बेपत्ता योद्धा सोम बहादुरकी आमा मनकुमारि बिकले जानकारी दिइन ।

“तपाईकि छोरी सोममाया खोइ कहाँ बस्छिन ?” भन्दै हतियारधारी सबै प्रहरी घरभित्र नै पसेर खानतलासी गरेको र   घर वरपरका मकैबारिमा समेत छापा मारेको मनकुमारी बिकले बताइन ।

सोम बहादुर बिकलाई तत्कालीन जनयुद्धको क्रममा शाहिसेनाले २०५९ साल असार २३ गते पोखरा गण्डकी हास्पिटल चोक देखि बेपत्ता बनाएको थियो।आफन्त बिरामी भएर भेटन पुगेका सोम बहादुरलाई प्रहरीले बेपत्ता बनाएको परिवारको दाबी छ।

त्यस्तै, पोखराको सिद्धार्थचोक/चिप्लेढुंगा स्थित श्री कम्प्लेक्स कृषि बजारमा सोमबार भेटिएको शंकास्पद बस्तु डिस्पोज गरिएको छ ।

साँझ करिब ५ः३० बजेको समयमा कृषि बजारको सडकमै शंकास्पद बस्तु देखिए पछि नेपाली सेनाको पोखरा एयरपोर्टमा रहेको कालिभन्जन गणको डिस्पोजल टोली ले साँझ करिब सवा  ७ बजे नै डिस्पोज गरेको हो ।

झ्याल टास्न प्रयोग हुने सिलकनको डब्बा भित्र घाडी राखेर कोहीले होक्स (तर्साउने ) बम राखेको हुन सक्ने कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए । उक्त घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ  ।

 

प्रतिक्रिया