सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या र सरकारी दमनका बिरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको नेपाल बन्दको पु नेपाल बन्द र्व सन्ध्यामा प्रहरीले ने.क.पा.का नेता तथा कार्यकर्ता गिरफ्तारीलाई तीब्रता दिएको छ । यसै क्रममा सामाजिक अभियन्ता एबम अन्तर्राष्ट्रियस्तरका मोटिभेटर नरबहादुर कार्कीलाई राजधानीबाट र मोरङ जिल्ला जनसरकार प्रमुखसहित दुई जनालाई मोरङको बेलबारीबाट प्रहरीले गिरफ्तार गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहेका सामाजिक अभियन्ता एबम अन्तर्राष्ट्रियस्तरका मोटिभेटर नरबहादुर कार्कीलाई प्रहरीले राजधानीको बालुवाटारस्थित नेपाल हाउसबाट सोमबार अपरान्ह करिब सवा पाँचबजे गिरफ्तार गरेको बताइएको छ । यस बारे विस्तृत जानकारी आउन बाँकि छ।
मोरङ जिल्लाको बेलबारी नगरपालिका-४ वाट जिल्ला जनसरकार प्रमुखसहित दुई जनालाई आज प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तारीमा पर्नेहरुमा जिल्ला जनसरकार प्रमुख समेत रहेका सुन्दर हरैचा नगरपालिका वडा नम्बर १२ बस्ने ४३ वर्षीय अधोक राई र कानेपोखरी गाउँ पालिका वडा नम्बर छ बस्ने ३४ वर्षीय कान्छा माझि “धिमाल रहेका छन् । उनीहरुको साथबाट पेस्तोल २ थान, म्यागजिन ४ थान र २४ राउण्ड गोली बरामद गरिएको प्रहरीले दाबी गरे पनि बिद्रोही ने.क.पाका तर्फबाट अहिलेसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन ।