बाढीले मादी नदीमा निर्माणाधीन पुल बगायो, ठेकेदारले लापरवाही गरेको गापाप्रमुख गुरुङको आरोप

बाढीले मादी नदीमा निर्माणाधीन पुल बगायो, ठेकेदारले लापरवाही गरेको गापाप्रमुख गुरुङको आरोप


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ८ असार २०७६
  • 8.9K
    Shares

मादी नदीमा आएको बाढीले  कास्की जिल्ला मादी गाउँपालिकाको महत्वपुर्ण योजना मध्येको एक सबि-ज्याम्दु पुललाई वगाएको छ । अविरल वर्षाकारण मादी नदीमा आएको बाढीले आइतबार विहान नौ बजे  मादी गाउँपालिका ७–३ नम्बर वडा जोड्न निर्माणाधीन सो पुल बगाएको हो ।

यहि असार मसान्तसम्म कार्य सम्पन्नको लक्ष्यसहित काम गरिएको सो पुल वगाएसंगै गाउपालिकाको केन्द्र याङ्जाकोट जोड्ने वडा १, २,६ र ७ का स्थानीयलाई प्रत्यक्ष प्रभाव पारेको छ ।

मादी गाउँपालिकाका प्रमुख बेद बहादुर गुरुङ “‘ठेकेदारको लापरबाहीले पुल बगाएको” बताउछन । उनले अघि भने, “हिउँदभरी सुतेर बस्यो बर्खामा आएर बनाउन लागेपछि लग्यो ।’

तत्कालीन जिल्ला विकास समितिबाट ठेक्का पारेर हेटौँडाको मृत सञ्जीवनी निर्माण सेवाले निर्माणको जिम्मा पाएको थियो । झण्डै ८३ मिटर लामो हुने उक्त पुल आरसीसी स्ल्याबको हुने सम्झौता छ । ८ करोड ६९ लाख ७ हजार ९ सय ८ रुपैयाँ ३७ पैसामा मृत सञ्जीवनी निर्माण सेवाले २०७५ सालको बैशाख २० गते निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । स्वीस सरकारको सहयोगमा बन्न लागेको उक्त पुल निर्माण सम्पन्न भएपछि काउले–ज्याम्दु–ताङतिङ का जनतालाई सहज हुने बताइएको थियो ।

प्रतिक्रिया