ने.क.पा. सर्लाही जिल्ला इन्चार्ज पौडेलको गोली हानि हत्या !

ने.क.पा. सर्लाही जिल्ला इन्चार्ज पौडेलको गोली हानि हत्या !


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ५ असार २०७६
  • 11.5K
    Shares

कुमार पौडेल

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीले गोली हानेर हत्या गरेको समाचार छ । पार्टीको कामको सिलसिलामा सर्लाहीको लालबन्दीमा रहेका बखत प्रहरीले आज दिउँसो उनको गोली हानि हत्या गरेको हो । अद्यापि प्रहरीले प्रहरी र ने.क.पा. कार्यकर्ताबीच भएको दोहोरो गोली हानाहानमा उनको मृत्यु भएको दाबी गरेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले दिएको जानकारी अनुसार,  पौडेलको साथबाट पेस्तोल र गोली बरामद भएको छ । घटनास्थलमा जिल्लाबाट प्रहरी टोली गएको र थप विवरण आउन बाँकी रहेको छ ।

ने.क.पा. समाचार स्रोतका अनुसार, पार्टीका अन्य कार्यकर्ताहरुसंग बसेर छलफल गरिरहेका बखत प्रहरीले अचानक गोली प्रहार गरेको थियो । उनीसंगै छलफलमा रहेका अन्य तीनजना भने भागेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया