अन्तत: अदालतको आदेशपछी पनि ने.क.पा.का चार नेता तेश्रो पटक गिरफ्तार

अन्तत: अदालतको आदेशपछी पनि ने.क.पा.का चार नेता तेश्रो पटक गिरफ्तार


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ४ असार २०७६
  • 5.7K
    Shares

लामो रस्साकस्सी र छिनाझपट  बीच विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका चार जना नेता तेश्रो पटक पोखराबाट गिरफ्तार गरिएका छन् ।

प्रहरीको गिरफ्तारीमा पर्नेहरुमा ने.क.पा. कास्की जिल्ला सेक्रेटरी बिबेक भण्डारी ‘आक्रोश’ , नेकपा कास्कीका जिल्ला सदस्य एबम एरिया इन्चार्ज सन्तोष परियार ‘परिवर्तन’ , पार्टी जिल्ला सदस्य एबम अखिल क्रान्तिकारी केन्द्रीय सदस्य/गण्डक ब्युरो संयोजक मिलन राइ, पार्टी जिल्ला सदस्य एबम अखिल क्रान्तिकारी केन्द्रीय सदस्य/कास्की जिल्ला अध्यक्ष काजी गुरुङ रहेका छन् ।

उनीहरुलाई प्रहरीले उच्च अदालत पोखराको परिसरभन्दा केही परबाट फेरी गिरफ्तार गरेको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय तनहुँ लागिएको समाचार स्रोतले जानकारी दिएको छ ।  उनीहरुका बिरुद्ध जिल्ला प्रहरी कार्यालाया तनहुँमा राजद्रोहको मुद्दा रहेको बताइएको छ ।

उनीहरुसंगै रहेका अन्य पांच बिद्यार्थी नेताहरुलाई रिहा गर्ने भनिए पनि अदालत बाहिर ब्यापक मात्रामा प्रहरी परिचालित गरिएको छ  । ल अहिले पनि उच्च अदालत पोखराको परिसरमा रहेका बिद्यार्थी नेताहरुमा अखिल (क्रान्तिकारी) कास्की जिल्ला उपाध्यक्ष आस्था नेपाली, अखिल क्रान्तिकारी पि एन क्याम्पस जिल्ला अध्यक्ष प्रकाश बास्तोला र उपाध्यक्ष एबम सहिद पुत्र सुजन सापकोटा, सचिब राजन साउद र गगन परियार रहेका छन् ।

ने.क.पा. का नौ जना नेता तथा कार्यकर्तालाई उच्च अदालत पोखराले मंगलबार अदालतका रजिस्ट्रार, रास्ट्रिय मानव अधिकार आयोग र उच्च अदालत पोखरा बार एसोसिएसनको रोहबरमा रिहा गर्न आदेश दिएको थियो । तर आफुहरुलाई अदालतको आदेश बिपरित फेरी गिरफ्तार गर्न लागिएको भन्दै अदालत परिसरबाट बाहिर निस्कन मानेका थिएनन । उनीहरुले अदालतको आदेश वमोजिम रास्ट्रिय मानव अधिकार आयोग पोखराकाअधिकृतद्वय  ज्योतिप्रसाद घिमिरे र टंक खनाल तथा उच्च अदालत पोखरा बार एसोसिएसनका अध्यक्ष रोहितराज बास्तोलाको रोहबर र नेपाल पत्रकार महासंघ कास्की तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखराको अनुगमनमा सोही अदालत परिसरमा रात बिताएका थिए  ।

उच्च अदालत पोखरा अन्तरगत रहेको न्यायिक समन्वय समितिको बैठक बसेपछि ने.क.पा. कास्कीका नेताहरु अदालत परिसरबाट बाहिरिएका थिए भने बिद्यार्थी नेताहरु फेरी गिरफ्तार हुने आशंकाका कारण अदालत परिसरमा नै रहेका छन् ।

उनीहरुलाई गएको जेष्ठ २५ गते शनिबार राती प्रहरीले कास्कीको अन्नपूर्ण गाउँपालिकाको वार्ड न ११ उरीस्थित आमा समुहको भवनमा विद्यार्थीको संयुक्त बैठक बसिरहेको अबस्थामा गिरफ्तार गरिएको थियो ।

उनीहरुलाई बिहिबार दिउँसो उच्च अदालत पोखराका माननीय न्यायाधिशद्वय तेजबहादुर कार्की र सुभाष पौडेलको ईजलाशले “प्रहरी हिरासतमा राख्ने कार्य गैरकानूनी” ठहर गर्दै “तुरुन्तै थुनामुक्त गर्न” आदेश दिएको थियो । तर उनीहरुले आफुलाई प्रहरीले फेरी गिरफ्तार गर्न सक्ने सम्भावना देखेपछी उच्च अदालत परिसरभित्रै रहेको बार एसोसिएसनको भवनभित्र सुरक्षित भै बसेका बेला मध्यराती प्रहरीले बार भवनको ताला खोलेर फेरी गिरफ्तार गरेको थियो ।

बिहीबार मध्यराति फेरि पक्राउ गरिएपछि उनीहरुको आफन्तले अदालतको आदेश अवज्ञा भएको भन्दै रिहाइका लागि बन्दी प्रत्यक्षीकरणको रिट उच्च अदालतमा शुक्रबार दर्ता गराएका थिए

 

प्रतिक्रिया