गणतन्त्रबिरुद्ध अलोकतान्त्रिक शक्तिहरुको मोर्चाबन्दी भएको प्रम ओलीको खुलासा

गणतन्त्रबिरुद्ध अलोकतान्त्रिक शक्तिहरुको मोर्चाबन्दी भएको प्रम ओलीको खुलासा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३ असार २०७६
  • 5.3K
    Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आज लोकतन्त्र, गणतन्त्र, संघीयता, जनताको सार्वभौमसत्ताविरुद्ध अलोकतान्त्रिक शक्तिहरुको मोर्चाबन्दी स्पष्ट ढंगले देखिएको बताएका छन् । संसदमा आफूले सम्बोधन गर्न खोज्दा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले  अवरोध गरेपछि आक्रोशित बनेका प्रधानमन्त्री ओलीले मंगलबार साँझ नै पत्रकार सम्मेलन गरेर त्यस्तो कुरा बताएका हुन् ।

अलोकतान्त्रिक शक्तिहरु को हुन् भन्ने बारेमा स्पस्ट नबोलेका प्रधानमन्त्री ओलीले “घोर दक्षिणदेखि घोर वामपन्थी समेत एकजुट भएको ” उल्लेख गरे  ।’

अलोकतान्त्रिक शक्तिहरुको मोर्चाबन्दी प्रति सहज हुन् प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई सचेत गराएका प्रधानमन्त्रीले नेपाली कांग्रेस आफैं परिर्वतनकारी शक्तिहरुलाई विथोल्न लागेको उनको आरोप छ ।

प्रधानमन्त्री ओलीले कांग्रेसले प्रधानमन्त्रीलाई बोल्न नदिने भन्ने कुरा, प्रधानमन्त्रीले भन्दा पहिले आफूले बोल्नुपर्छ भन्ने बालहठ देखाएको आरोप लगाउंदै प्रमुख विपक्षी कांग्रेसमाथि संसदमा असंसदीय, अमर्यादित व्यवहार देखाएको टिप्पणी गरे  । संसदमा आफूले सम्बोधन गर्न खोज्दा अवरोध गर्नु  आश्चर्य लाग्दो भएको बताए ।

 

प्रतिक्रिया