हुम्लाको खार्पुनाथबाट गाउँपालिकाको केन्द्र याञ्चुतर्फ जाँदै गरेको लु१ज ७१६६ नम्बरको जीप खार्पुनाथ गाउँपालिका-५ कैलेबालुस्थित सडकबाट मंगलबार अपरान्ह १ बजे कर्णाली नदीमा खस्दा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष शिन्दु हमाल शाहीसहित १६ जना बेपता भएका छन् ।
गाढीवेणु बिसौना र कैलेबालुबीचको खण्डबाट नदीमा खसेको जीप र सवार सबै यात्रु बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।
प्रहरी चौकी याञ्चुको टोली घटनास्थल पुगेको छ । उद्धारका तथा खोजीका लागि जिल्ला प्रहरी कार्यालयको टोली पनि हेलिकोप्टरबाट घटनास्थल पठाइएको सिंहले बताए । जीप नदिमा खसेको केही समयपछि कर्णाली नदीले पुरै छोपेकोले कुन ठाउँमा छ भन्ने थाहा नभएको सिंहले बताए ।