सुदुरपश्चिममा ब्यापक प्रहरी दमन : प्रतिरोधमा उत्रन ने.क.पा.को आव्हान

सुदुरपश्चिममा ब्यापक प्रहरी दमन : प्रतिरोधमा उत्रन ने.क.पा.को आव्हान


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २ असार २०७६
  • 7.1K
    Shares

सुदूर पश्चिमका बिभिन्न जिल्लामा व्यापक मात्रामा परिचालित प्रहरीले गैर कानुनी गिरफ्तारी र धरपकडका साथमा दमन  गर्न थालेपछी आक्रोशित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले  सरकारी दमनको प्रतिरोध गर्न आम नेपाली जनतासमक्ष आव्हान गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी सेती महाकाली ब्युराे इन्चार्ज निर्माणले आज एक विज्ञप्ति जारी गर्दै सरकारी दमनको प्रर्तिकार गर्न आम नेपाली जनतासमक्ष आव्हान गरेका हुन् । उनले आफ्नो विज्ञप्तिमा  सत्तारुढ नेकपाका नेताहरु भिम रावल र लेखराज भट्टको निर्देशनमा  सुदूर पश्चिमका बिभिन्न जिल्लामा प्रहरी परीचालन गरी गैर कानुनी गिरफ्तारी र धरपकडका साथमा दमन गर्नुका साथै जनतामाथि आतंक मच्याएको भन्दै आपत्ति जनाएका छन्  ।

यतिबेला कैलाली जिल्लाको चुरे क्षेत्रमा संयुक्त सुरक्षा फौज परिचालन गरिएकोमा आपत्ति जनाउंदै बिज्ञप्तिमार्फत   ब्यापक मात्रामा परिचालित सुरक्षा फौज फिर्ता गर्न, झुट्ठा मुद्दा लगाएर बन्दी बनाइएका ने.क.पा.का नेता तथा कार्यकर्तालाई बिना शर्त रिहा गर्न , गैर कानुनी गिरफ्तारी बन्द गर्न र राज्य आतंक बन्द गर्न आव्हान गरिएको छ ।  अन्यथा आफ्नो पार्टी सरकारी दमनको प्रतिरोध गर्न बाध्य हुने चेतावनी पनि सोही बिज्ञप्तिमार्फत दिएको छ ।

यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी सेती महाकाली ब्युराेका इन्चार्ज निर्माणले जारी गरेको विज्ञप्ति :

प्रतिक्रिया