बझाङ सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स. १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।
वडा प्रहरी कार्यालयका प्रनानी महानन्द जोशीका अनुसार, दुर्घटनामा एक बालक, दुई महिला तथा तीन जना पुरुषको ज्यान गएको छ र उनीहरुको सनाखत हुन बाँकी छ ।
भीरबाट खसेर दुर्घटनाग्रस्त जीप भिरमा अड्किएको अवस्थामा छ र मान्छेसमेत जान नसक्ने भएका कारण उद्धार गर्न निकै चुनौती रहेको प्रनानी जोशीले जानकारी दिए । जीप दुर्घटनाकाे कारण पनि खुल्न सकेको छैन