उच्च अदालत पोखराले आइतबार रिहा गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नौ जना मध्ये एक जनालाई कास्की प्रहरीले फेरी गिरफ्तार गरेको छ।
उच्च अदालत पोखरा परिसरबाट फेरी गिरफ्तार गरिएका बिद्यार्थी नेता रुकुम जिल्लाको आठबिसकोट घर भएका दिपेन्द्र बुढा रहेका छन् । बन्दी प्रत्यक्षीकरणको मुद्दामा उनी लगायत नौ जना बिद्यार्थीहरुलाई उच्च अदालत पोखराले आज तुरुन्त रिहा गर्न आदेश दिएको थियो । उनलाई प्रहरीले गिरफ्तार गरेर जिल्ला प्रहरी कार्यालय पर्बत पठाउने तयारी गरिएको प्राप्त समाचारमा जनाइएको छ । अदालतको आदेश पछी वसन्त अर्याल, देवी गुरुङ, बलराम परियार, प्रतिमा भण्डारी, सुनिता परियार, प्रमोद सिंह, रविन पौडेल र दीपेन्द्र परियार भने रिहा भएका छन्
उनीहरुसहित १८ जनालाई गएको जेठ २५ गते घान्द्रुकको उरीमा बिद्यार्थी संगठनको बैठक बसिरहेका बेला प्सरहरीले गिरफ्तार गरेको थियो ।