सुदर्शन साप्ताहिकका प्रधान सम्पादक कृष्ण बहादुर बिक(केवी गाउँले)लाई प्रहरीले आज काठामाडौंबाट गिरफ्तार गरेको छ ।
त्रिभुवन विश्वविद्यालय सेवा अायाेग अगाडि विद्यार्थीकाे अनसनस्थलकाे समाचार संकलन गर्दै गर्दा बुधबार दिउसाे १२:३० तिर प्रधान सम्पादक गाउँलेलाई प्रहरीले पक्राउ गरेकाे हो । उनलाई अहिले महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।
महानगरीय प्रहरी परिसर टेकुका एसएसपी उत्तम सुवेदीले प्रारम्भिक अनुसन्धान भईरहेकाे बताए पनि गिरफ्पतारी बारे अन्य केही बताएका छैनन् ।