पर्वतको पहिलो सामुदायिक रेडियो रेडियो पर्वत १०३.६ मेगाहर्जको कार्यालयमा गएराती आगालागी भएको छ । राती १ बजेको समयमा विद्युत सर्ट भएर आगालागी हुँदा सम्पुर्ण सामाग्रीहरु जलेर नष्ट भएका छन् भने घरमा समेत क्षति पुगेको छ । आगालागीबाट रेडियोको ट्रान्समिटरमा समेत क्षति पुगेको छ भने ७ वटा कम्प्युटर, दुई वटा मिक्सचर, हाईब्रिड, टेलिभिजन लगायतका सामग्रीहरु पुर्ण रुपमा नष्ट भएको रेडियोका स्टेशन म्यानेजर शंकर शर्माले जानकारी दिए । आगालागी भएपछि स्थानीयवासी र प्रहरीको सक्रियतामा राती दुई बजे नियन्त्रणमा लिईएको थियो ।

स्टेशन म्यानेजर शंकर शर्माका अनुसार, आगालागी भएसँगै विहानदेखि रेडियोको प्रशारण समेत बन्द भएको छ । झण्डै रु.तीस लाख रुपैया भन्दा बढिको क्षति भएपनि यकिन विवरणआउन बाँकी छ । तत्काल थाहा पाएका कारण कुनै मानविय क्षति हुन भने नपाएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

२०६४ सालदेखि ग्रामीण क्षेत्र फलेवासवाट प्रशारण हुँदै आएको यस क्षेत्रको पहिलो सामुदायिक रेडियो पछिल्लो समय अहिंसावादी रेडियो पर्वतको नाममा संचालनमा रहेको थियो ।