फार्म हाउसलाई यौन दुराचारको अखडा बनाउने युएनका पूर्व कर्मचारी पिटर बाल यौन दूराचारमा दोषी ठहर

फार्म हाउसलाई यौन दुराचारको अखडा बनाउने युएनका पूर्व कर्मचारी पिटर बाल यौन दूराचारमा दोषी ठहर


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २९ जेष्ठ २०७६
  • 7.3K
    Shares

अन्तत काभ्रे जिल्ला कारागारका बन्दी जीवन बिताइरहेका संयुक्त राष्ट्रसंघ (युएन) का पूर्व वरिष्ठ कर्मचारी क्यानेडियाली नागरिक पिटर ड्याल्गिस बाल यौन दूराचारी ठहर भएका छन् । युएनको कन्ट्री रिप्रिजेन्टेटिभका रुपमा अफगानिस्तानमा काम गरिसकेका पिटरलाई जिल्ला अदालत काभ्रेले सोमबार दोषी ठहर गरेको हो ।

पिटर बाल यौन दुराचारको अभियोगमा दोषी प्रमाणित भएपनि दण्ड सजायका सम्बन्धमा भने फेरि अर्को बहस हुने पिटरका तर्फबाट कानुनी सहायता दिइरहेका कानुन व्यवसायी राहुल चापागाईँले जानाकारी दिए । सरकारी वकिलले पिटरलाई ९ वर्षको जेल सजाय र दुई जना पीडित बालकलाई मनासिब क्षतिपूर्तिको मागसमेत गरेका छन् ।

२०७४ चैत्र २४ गते बिहान ५ बजे दुई बालकसँग यौन दुराचार गरिरहेकै अबस्थामा  रङ्गेहात पक्राउ परेका पिटरलाई त्यति बेला काभ्रे जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछी उनी १४ महिनादेखि काभ्रे कारागारमा बन्दी जीवन बिताई रहेका थिए ।

सन् २००२ देखि पटक पटक नेपाल आएका उनी वास्तवमा बाल यौन दुराचारकै लागि नेपाल आउने गरेका पिटरले गरिब बालबालिकालाई पढाइदिने, आर्थिक सहयोग गर्ने र बदलामा बाल यौनदूराचार गर्ने गरेको प्रहरीको भनाई छ । पिटरले सन् २००२ देखि करिब ५० जना बालबालिकालाई आर्थिक तथा शैक्षिक सहयोग गरेको र उनीहरुमध्ये अधिकांशलाई पिटरले यौन दुराचार गरेको आरोप छ ।

ठेंचोका चिरिकाजी महर्जनको नाममा काभ्रेको मण्डन देउपुरमा १० रोपनी जग्गा किनेर त्यही जग्गामा उनले ‘फार्म हाउस’ खोले । र, त्यही फार्म हाउसलाई उनले आफ्नो यौन दुराचारको अखडा बनाएको प्रहरीको ठम्याई छ । त्यही फारम हाउसमा  दुई जना पीडित बालकसँगै सुतिरहेको अवस्थामा सिआइबी टोलीले पिटरलाई २०७४ चैत्र २४ गते बिहान ५ बजे रङ्गेहात पक्राउ गर्यो । र, यो मुद्दामा पिटरलाई जिल्ला अदालत काभ्रेले सोमबार मात्रै दोषी ठहर गरेको हो ।

 

 

प्रतिक्रिया