पुलको शिलान्यास गरी फर्किएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी स्याङ्जा जिल्लाको अर्जुन चौपारी–३, घट्टेस्थित दरौ खोलामा डुबेर बिजोग अबस्था बन्यो ।
अर्जुनचौपारी–३ हुँदै आँधीखोला–१ जोड्ने सहरे खोलामा निर्माण हुने पुलको शिलान्यास गरेर मंत्री महासेठ बा २ झ ४०२९ नम्बरको गाडीमा पोखरा फर्कंदै थिए । तर उनको गाडी अर्जुन चौपारी–३, घट्टे दरौ खोलामा डुबेको थियो ।

गाडी खोलामा आधा डुबे पनि सुरक्षाकर्मीको सहयोगमा मन्त्री महासेठलाई बाहिर निकालिएको थियो । उनी सकुशल छन् भने खोलामा डुबेको सवारी साधन क्रेनको सहयोगमा बाहिर निकालिएको ।

खोला बढेसँगै बिग्रिएको बाटोलाई मर्मत गरिएको थियो । तर मन्त्रीका सवारी चालकलाई ग्रामीण सडकको बारेमा राम्रो जानकारी नहुँदा दुर्घटना हुन पुगेको बताइएको छ ।
