बाबुको सट्टा ट्रायल परीक्षा दिने अरपित पक्राउ

बाबुको सट्टा ट्रायल परीक्षा दिने अरपित पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २७ जेष्ठ २०७६
  • 5.8K
    Shares

ट्रायल परीक्षा

बाबुको सट्टामा मोटरसाइकल लाइसेन्सको लागि ट्रायल दिने छोरालाई प्रहरीले पक्राउ गरेको छ ।
मोटरसाइकल लाइसेन्सका लागि आफ्नो बुबाको सट्टामा ट्रायल परीक्षा दिने वीरगञ्ज महानगरपालिका–१० का २१ वर्षीय अरपित रुंगटालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

यातायात कार्यालय नारायणीमा सोमबार बिहान सञ्चालन गरेको माटरसाईकलको ट्रायल परिक्षा दिँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका अरपितले आइडी नम्बर ७४८८१४४ मा आफना बुवा राजकुमारको सट्टामा सोमबार बिहान क्यषटेगोरी ए अन्तर्गत पर्ने मोटरसाइकलको लाइसेन्सको लागि ट्रायल परिक्षामा सहभागी भएका थिए।

पक्राउ परेका अरपितलाई वडा प्रहरी कार्यालय श्रीपुरको हिरासतमा राखिएको तथा उनीमाथि सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइने वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ।

प्रतिक्रिया