घुस मागेको आरोप लागेपछि पोखराबाट दुई ट्राफिक प्रहरी पक्राउ

घुस मागेको आरोप लागेपछि पोखराबाट दुई ट्राफिक प्रहरी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २६ जेष्ठ २०७६
  • 5.9K
    Shares

सवारी चेकजाँचको नाममा सवारी चालकसँग घुस मागेको उजुरी परेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा कार्यरत दुई जना ट्राफिक प्रहरीलाई प्रहरीले पक्राउ गरेको छ । हाल वडा प्रहरी कार्यालय बैदाम पोखराको हिरासतमा रहेका ट्राफिक प्रहरीहरुमा हरिश्चन्द्र रिमाल र मोहनसिंह बिक रहेका छन् ।

बिजयापुरखोला पुल जिर्ण बनेपछि गाडी आवतजावत सामान्य बनाउन आइतबार बिहान १० देखि दिउँसो २ बजेसम्म ड्युटीमा खटाइएका ट्राफिक जवानहरु हरिश्चन्द्र रिमाल र मोहनसिंह बिकले सवारी चेकजाँचको नाममा सवारी चालकसँग घुस मागेको आरोप लागेको छ ।

उनीहरुले कोसँग कति रकम घुस मागे भन्ने बारेमा खुलाइएको छैन । तर जवानद्वयले कलेज पढ्ने विद्यार्थीसँग पैसा लिन खोजेको उजुरी परेको बताइएको छ ।

कास्की जिल्ला ट्राफिक प्रहरी प्रमुख मुरारी मिश्रले घुस मागेको आरोप लागेका ट्राफिक प्रहरी जवानद्वयसंग  बयान लिन बाँकी रहेको जानकारी दिंदै उनीहरुले घुस मागेको प्रमाणित भएमा नियमानुसार कारबाही हुने स्पस्ट पारे ।

 

प्रतिक्रिया