गिरफ्तार १८ नेता-कार्यकर्ताबिरुद्ध मुद्दा दर्ता, सम्पर्कविहीन चार जनाको सोधीखोजी जारी

गिरफ्तार १८ नेता-कार्यकर्ताबिरुद्ध मुद्दा दर्ता, सम्पर्कविहीन चार जनाको सोधीखोजी जारी


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २६ जेष्ठ २०७६
  • 7.3K
    Shares

नेपाल कम्युनिष्ट पार्टी निकट अखिल(क्रान्तिकारी) जिल्ला कमिटि कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटिको संयुक्त बैठकबाट गिरफतार गरिएका १८ जना नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले आज मुद्दा दर्ता गरेको छ ।

हाल जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका विभिन्न प्रहरी युनिटहरुमा राखिएका नेता तथा कार्यकर्ताहरुमा ने.क.पा. कास्की जिल्ला सेक्रेटरी बिबेक भण्डारी ‘आक्रोश’ , नेकपा कास्कीका जिल्ला सदस्य एबम एरिया इन्चार्ज सन्तोष परियार ‘परिवर्तन’ , पार्टी जिल्ला सदस्य एबम अखिल क्रान्तिकारी केन्द्रीय सदस्य/गण्डक ब्युरो संयोजक  मिलन राइ, पार्टी जिल्ला सदस्य एबम अखिल क्रान्तिकारी केन्द्रीय सदस्य/कास्की जिल्ला अध्यक्ष काजी गुरुङ ,जिल्ला उपाध्यक्ष आस्था नेपाली, अखिल क्रान्तिकारी पि एन क्याम्पस जिल्ला अध्यक्ष प्रकाश बास्तोला र बिद्यार्थी नेता एब सहिद पुत्र सुजन सापकोटा रहेका छन् । त्यस्तै गगन परियार, राजन साउद, बसन्त अर्याल, देवी गुरुङ, प्रतीक्षा भण्डारी, कमला परियार, रबिन पौडेल, दिपेन्द्र बुढा, प्रमोद सिंह र उपेन्द्र परियारलाई पनि प्रहरीले गिरफ्तार गरेको छ ।

उनीहरुलाई गएराती प्रहरीले कास्कीको अन्नपूर्ण गाउँ पालिकाको वार्ड न ११ उरीस्थित आमा समुहको भवनमा विद्यार्थीको संयुक्त बैठक बसिरहेको अबस्थामा गिरफ्तार गरिएको थियो ।

गिरफ्तारीमा परेका केही मुख्य नेताहरुलाई राजद्रोहको मुद्दा चलाइएको र बाँकी कार्यकर्तालाई सार्वजनिक अपराध सम्बन्धी मुद्दा चलाईएको प्राप्त समाचारमा जनाइएको छ ।

उता कार्यक्रमस्थलबाट २२ जना नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको विज्ञप्ति निकालेको ने.क.पा. कास्कीले १८ जनालाई मुद्दा चलाइएको अबस्थामा बाँकी ४ जना बिद्यार्थीहरुको खोजी भैरहेको जानकारी दिएको छ । ने.क.पा. कास्कीका इन्चार्ज रुपेशले बाँकी चार जना बिद्यार्थीहरु पार्टीको सम्पर्कमा आइनसकेको अबस्थामा उनीहरुको सोधीखोजी कार्य जारी रहेको बताए । उनले “सम्पर्कमा नआएका बिद्यार्थीहरु अन्यत्र गएको वा प्रहरी घेरा तोड्ने क्रममा बिपत्तिमा परेको हुनसक्ने” अनुमान गरे ।

यसैबीच, नेपाल कम्युनिष्ट पार्टी निकट अखिल(क्रान्तिकारी)ले संविधानले दिएको मौलिक अधिकारलाई कुल्चिएर आफ्ना २२ जना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरिएकोमा घोर आपत्ति प्रकट गर्दै यस्ता किसिमका गिरफ्तारी , दमन र राज्य आतंकको देश ब्यापी रुपमा कडा प्रतोरोध गर्न सम्पूर्ण युवा बिद्यार्थीहरुलाई आव्हान गरेको छ । अखिल(क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष चिरन्जीबी ढकालले आज एक विज्ञप्ति जारी गर्दै सो आव्हान गरेका हुन् ।

कास्कीको अन्नपूर्ण गाउँ पालिकाको वार्ड न ११ उरीस्थित आमा समुहको भवनमा अखिल(क्रान्तिकारी) जिल्ला कमिटि कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटिको संयुक्त बैठकमा प्रहरीले हस्तक्षेप गरी गिरफ्तार गरिएका नेता तथा कार्यकर्तालाई विना शर्त अविलम्व रिहा गर्न पनि विज्ञाप्तिमार्फत आव्हान गरेका छन ।

 

प्रतिक्रिया