माथिल्लो कर्णाली जलविद्युत् आयोजनाकाे सम्पर्क कार्यालयमा बम विस्फाेट

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाकाे सम्पर्क कार्यालयमा बम विस्फाेट


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २५ जेष्ठ २०७६
  • 4.6K
    Shares

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका–३ असराघाटस्थित सम्पर्क कार्यालयलाई लक्षित गरेर शनिबार बिहान करिब साढे ४ बजेतिरअज्ञात समूहले प्रेसर कुकर बम विस्फोट गराएको छ । शौचालयमा राखिएको प्रेसर कुकर बम विस्फोटमा परी घरमा  पूर्ण क्षति भएको छ । साथै सोही समुहले भे.७ प.९६९८ नम्बरको मोटरसाइकलमा आगजनी पनि गरेको छ

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीले दिएको जानकारी अनुसार, अज्ञात समुहको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक जगत गाहा मगरको कमाण्डमा १५ जना र मातहत इलाका प्रहरी कमलबजार, विनायक, प्रहरी चौकी भैरबस्थान, अस्थाई प्रहरी पोष्ट तुर्माखाँद, बेलखेत प्रहरी पोष्टबाट २५ जनाको प्रहरी टोली तुर्माखाँद गाउँपालिकामा परिचालन गरिएको छ ।

घटनास्थलदेखि ३ कि.मी.पूर्व कर्णाली नदी पारी दैलेखको आठविस नगरपालिका वडा नं.१ डावमा अपर कर्णाली हाईड्रोपावरको कार्यालय रहेको छ । यसअघि विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले विभिन्न जलविद्युत् आयोजनामा बम विस्फोट गराएकाले यहाँ पनि विप्लव समूहले नै विस्फोट गराएको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले सुरक्षा व्यवस्था कडा पार्न थालेको छ ।

प्रतिक्रिया